Comments Add Comment

‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ले कती कमायो ?

suntali lai vagai lagyo ghilke le
साउनको अन्तिम शुक्रबार रिलिज हुने चलचित्र ‘जय परशुराम’ले राम्रो व्यापार गरेको खण्डमा ४ महिनामा ३ वटा मात्र चलचित्र चलेको रेकर्ड देखिनेछ । होइन भने, वैशाखबाट साउनको तेश्रो सातासम्म आइपुग्दा नेपाली चलचित्रको अवस्था दयनिय छ । ‘गाजलु र कालो पोथी’ले मात्र व्यापार राम्रो गरेका छन् । केही चलचित्रको व्यापार औषत छ भने अधिकांश चलचित्रले पानी भन्न पाएका छैनन् ।

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ले शुक्रबार र शनिबार राम्रै दर्शक बटुलेको निर्देशक ऋषिराज आचार्यले दाबी गरेका छन् । ऋषिका अनुसार शनिबार काठमाण्डौका धेरै हलमा चलचित्रको व्यापार राम्रो थियो ।

उनले चलचित्रले ४ दिनमा ४० लाख माथिको ग्रस कलेक्शन गरेको दाबी गरेका छन् । मल्टिप्लेक्स र सिंगल हलमा चलचित्रको व्यापार औषत देखिएको छ । शनिबार गोपिकृष्ण, अष्टनारायण हलमा दर्शकको संख्या राम्रै थियो ।

बजेट उच्च नभएकाले पनि निर्माता तथा निर्देशक आचार्य नेपालबाट सुरक्षित हुनेमा आशावादी देखिए । सुशान्त कार्की, सुशिल सिटौला, शिशिर भण्डारी, सुरजनी केसी र रीजा भुषाल चलचित्रका मुख्य कलाकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment