Comments Add Comment

मध्यरातमा मिल्यो नेविसंघको विवाद, भोलिबाट चुनावी प्रक्रिया सुरु हुने

nebisang_bhrikutimandap

२६ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको प्रतिनिधि छनौट विवाद मिलेको छ । अब आजै प्रतनिधिहरुको सूची प्रकाशित गरिनेछ भने भोलिवाट नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी छ ।

निर्देशक समितिको बैठकमा राति २ बजेतिर सहमति भएको कांग्रेस केन्द्रीय सदस्य एवं निर्देशक समितिका सदस्य प्रदिप पौडेलले अनलाइनखबरलाई बताए । उनले भने, विवाद मिलेको छ । आजै भोटर लिस्ट प्रकाशित हुन्छ ।’

पौडेलका अनुसार अनसनकारीहरुको अधिकांश माग सम्बोधन भएको छ । र, आजै अनसन तोडाउने तयारी छ । प्रतिनिधि छनौट फर्जी भएको लगायतका माग राख्दै नेताहरु अनसनमा बसेका थिए ।  यो विवाद पार्टीको गुटहरुसम्म जोडिएकाले अधिवेशन उद्घाटन भएको दुई दिनसम्म पनि बन्द सत्र सुरु हुन सकेको थिएन ।

के भयो सहमति ?

निर्देशक समितिका सदस्य पौडेलका अनुसार १३ जिल्लाको नेतृत्व खारेज गर्नु पर्ने मागबारे अब बन्ने केन्द्रीय समितिले अध्ययन गरेर गलत देखिए खारेज गर्ने सहमति भएको छ । ११ जिल्लाको सहभागिताका सन्दर्भमा छुटेका स्वभाविक नेताहरुलाई समावेश गर्ने समझदारी भएको छ ।

अहिले भएका कसैको पनि नाम काटिएको छैन । ł११ जिल्लामा छुटेकाहरु स्वभाविक रुपमा नेविसंघको नेता भएकाहरुलाई ल्याउने कुरा भएको छ’ पौडेलले भने, बाँकी छुटेकालाई अध्यक्षले ३० जना मनोनित गर्न पाउने व्यवस्था छ । त्यसमा पनि समावेश गर्ने समझदारी भएको छ ।’

भोलि उम्मेदवारी, पर्सी चुनाव

निर्देशक समितिमा भएको सहमति सैद्धान्तिक मात्र भएको र व्यक्ति टुंगो लगाउन बाँकी रहेका नेता कुन्दन काफ्लेले बताए । उनका अनुसार यसका लागि आज दिनभर समय लाग्न पनि सक्छ ।

प्रतिनिधिहरुको सूची सार्वजनिक गरेपछि आजै केहीबेर बन्द सत्र गराउने तयारी छ । नेतृत्व चयन प्रक्रिया भोलिबाट सुरु हुनेछ । भोलि मनोनयन दर्ताको सबै प्रक्रिया पुरा गरेर पर्सी चुनाव गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment