Comments Add Comment

स्यालले टोक्दा ६ जना गम्भीर घाइते

Jackal

२६ साउन, महोत्तरी । महोत्तरी लक्ष्मिनियाँमा स्यालको टोकाइले ६ जना गम्भीर घाइते भएका छन् ।

गएराति घर नजिकै रहेको उखु खेतबाट आएको स्यालले टोक्दा लक्ष्मिनियाँ–३ का ५० वर्षीय इसाक चुरैट, ५ वर्षीय लिखित खातुन,१० वर्षीय सोयव शेष, १० वर्षीया लाडली खातुन, ३ वर्षीय राम विनय महतो र १५ वर्षीय सुदीपकुमार महतो रहेका छन् ।

घरमा बसिरहेको समयमा उखुबारीबाट बाहिर निस्केको सो स्यालले उनीहरुलाई टोकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

स्यालको टोकाइले गम्भीर घाइते भएका उनीहरुलाई तत्काल गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा ल्याउँदा त्यहाँ औषधिको अभाव देखाउँदै अस्पतालले भर्ना लिएका थिएन । अस्पतालमा कुकुर तथा स्यालले टोकेपछि दिइने सुई कोटामा उपलब्ध हुँदै आएकाले उनीहरुलाई उपचार गराउन समस्या भएको अस्पतालका इन्चार्ज अशोक यादवले स्वीकार गरेका छन् ।

हाल उनीहरुको गौशालास्थित विभिन्न निजी क्लिनिकमा उपचार भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए । प्रहरीले त्यस स्यालको खाेजी गरिहेको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment