+
+
Shares

बन्दमा ट्याक्सी जलाउने विप्लव माओवादीका दुई नेता १५ दिनपछि रिहा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २७ गते ७:५९

taxi_aagjani_biplap२७ साउन, काठमाडौं । साउन १० गतेको नेपाल बन्दको क्रममा राजधानीको मिनभवनमा ट्याक्सीमा आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपा माओवादी विप्लव समूहका दुइ नेता १५ दिनपछि रिहा भएका छन् ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका सचिव भानुभक्त आचार्य र माओवादी काठमाडौ जिल्ला कमिटिका सदस्य नवीन विष्टलाई काठमाडौ जिल्ला अदालतले धरौटीमा रिहा गरेको हो ।

जिल्ला अदालत काठमाडौले उनीहरुलाइ जनही ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको क्रान्तिकारी पत्रकार संगठनका उपत्यका विशेष व्युरो संयाेजक जन्मदेव जैसीले अनलाइनखवरलाई जानकारी दिए ।

यो पनि पढ्नुहोस्

‘विप्लव’ले यसरी जलाए चित्रबहादुरको ‘सपना’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?