+
+
Shares

छोरीको चिसो भगाउन बाबुले बालिदिए २० करोडको आगो

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७३ साउन २७ गते ८:१९

fire_richअक्सर धनी मानिसहरु आफ्नो पैसालाई ऐश आराम तथा विलासितामा खर्चिन्छन् । तर दुनियामा केही यस्ता मानिस पनि हुँदा रहेछन् जसले आफ्नो पैसा यस्तो बेतुकको चिजमा खर्च गर्छन् जसलाई सुन्दैमा तपाइँ छक्क पर्नुहुन्छ र धिक्कार्नुहुन्छ । एकजना धनाढ्यले आफुसँग भएका पैसा आगोमा बालेर छोरीलाई लागेको ठण्डी भगाइदिएका छन् ।

कुनै समय हप्तामा ४२ करोड डलर सम्म कमाउने कोलम्बियाका खुंखार लागु औषध कारोबारी पोबलो एस्कोबारले आफ्नो परिवारलाई चिसोबाट बचाउनका लागि २० करोड रुपैयाँ भन्दा बढि रकमका नोटमा आगो लगाइदिए र चिसोले आत्तिएकी छोरी तथा परिवारका अन्य सदस्यलाई पैसाको आगो ताप्न लगाए ।

बिजनेस इनसाइडरले पोबलोका छोराको हवाला दिँदै यस्तो समाचार छापेको छ । जस अनुसार पोबलोको परिवार पहाडी इलाकामा लामो समयसम्म लुकेर बसेको थियो । एकरात पोबलोकी छोरीलाई निकै ठण्डी लागेछ र सरीरमा हाइपोथर्मिया भएर  सरीरको तापक्रम निकै तल झरेछ ।

तत्काल आगो बालेर ताप्ने चिज नभएपछि पोबलोले तत्कालै आफुसँग भएको २० लाख डलरको मुठोमा आगो लगाइदिए र छोरीलाई आगो ताप्न अह्राए । करोडौँ रुपैयाँको आगो तापेपछि जिउ तातो नहुने कुरै भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?