Comments Add Comment

राष्ट्रिय सरकारको बाधक कांग्रेसः नेता नेपाल

Madhav kumar nepal२७ साउन, रौतहट  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको एमालेका  नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताए ।

रौतहट क्षेत्र नं १ मा संसदीय विकास कोषको रकमबाट निर्माण भएका विभिन्न योजनाको अनुगमनपश्चात् प्रेस चौतारी नेपालद्वारा गौर नर्सिङ क्याम्पसमा  आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले विगतको सरकारमा पनि काँग्रेस सहभागी हुनुपथ्र्यो र वर्तमान सरकारमा पनि एमाले सहभागी हुनुपथ्र्यो तर राष्ट्रिय सहमतिको सरकार बनाउने छलफल भइरहेको बेला एक्कासि नेकपा (माओवादी केन्द्र)ले हतारहतार अविश्वासको प्रस्ताव ल्याएर ठूलो गल्ती गरेको बताए ।

जबसम्म देउवाले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैनन् तबसम्म कुनै पनि हालतमा एमाले सरकारमा नजाने उनले बताए । सङ्क्रमणकालमा सबै सहभागी भई संविधानमा देखिएको त्रुटी हटाउनुपर्नेमा समेत उनले  जोड दिए ।

पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले अहिले धमाधम गाउँपालिका /नगरपालिका र महानगरपालिका बन्ने होडबाजी नै चलेको छ, यो नितान्त गलत भएको र यसबाट जनताले सुविधा पाउनुको सट्टा समस्यामा पर्ने भएको बताउँदै यसलाई तत्काल रोकी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

अहिले स्थानीय निर्वाचन अत्यन्त जरुरी छ भन्नुहुँदै नेता नेपालले यसका लागि स्थानीय, इलाका एवम् सङ्घ वा अधिकार सम्पन्न बनाउन पनि संविधान संशोधन गर्नुपर्ने र यसका लागि सबै मिली अघिबढ्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment