Comments Add Comment

तीन हजारलाई अपाङ्गता परिचयपत्र

२७ साउन, पाल्पा । पाल्पा जिल्लामा तीन हजार ९०२ जनाले अपाङ्गता परिचयपत्र पाएका छन् ।

aapangata_sketchमहिला तथा बालबालिका कार्यालय पाल्पाले जिल्लामा आव २०७२/७३ सम्म तीन हजार ९०२ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको हो । अपाङ्गता भएका व्यक्तिले भत्ता पाउने भएपछि अपाङ्गता परिचयपत्रका लागि निवेदन दिनेहरु बर्सेनि बढेका छन् ।

जिल्लामा अपाङ्गता परिचयपत्र पाऊँ भनी निवेदन बर्सेनि बढेसँगै सामाजिक सुरक्षा भत्ता समेत बढेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा पूर्ण अशक्त २९४, अतिअशक्त ९५६, मध्यम एक हजार ३५९ र सामान्य एक हजार २९३ जना रहेको महिला विकास अधिकृत तुल्सा अर्यालले बताइन् ।

अपाङ्गता भएका व्यक्तिलाई सरकारले रातो, निलो, पहँेलो र सेतो कार्ड वितरण गरी अपाङ्गताको वर्गीकरण गरेको छ । पूर्ण अशक्तले रातो कार्ड पाउने र उसले मासिक रु एक हजार भत्ता पाउने प्रमुख अर्यालले बताइन् । यस्तै, अति अशक्तले निलो कार्ड पाउने र मासिक रु ३०० भत्ता पाउने छन् ।

पहेँलो र सेतो कार्ड प्राप्त गर्नेले भत्ता नपाउने तर सरकारी सेवामा आरक्षण सुविधा प्राप्त गर्नेछन् । ग्रामीण क्षेत्रमा अपाङ्गता परिचयपत्रसम्बन्धी सचेतना सञ्चालन गरेपछि यहाँका अपाङ्गता भएकाहरुले परिचयपत्रका लागि आवेदन दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment