Comments Add Comment

भारतमा सुत्केरी विदा तीन महिना थपियो

pregnant-women२७ साउन, काठमाडौं । भारत सरकारले सुत्केरी महिलालाई ६ महिनाको विदा दिने निर्णय गरेको छ । केन्द्रीय मन्त्रीमण्डलले तीन महिनाको सुत्केरी विदालाई बढाएर ६ महिना पुर्‍याएको हो ।

आफैले बच्चा नजन्माएका तर अरुको बच्चा अपनाएकाहरुलाई पनि मोदी सरकारले ६ महिनाको सुत्केरी विदा दिने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सरकारी जागिर खाइरहेका महिलाहरुले सुत्केरी विदाको अवधिमा पनि सबै तलब सुविधा पाउनेछन् ।

सरकारी रेडियो स्टेशन अल इण्डिया रेडियोका अनुसार ६ महिनाको सुत्केरी विदा दुई बच्चा जन्माउँदासम्म पाउने छन् । यदी तेस्रो वा सोभन्दा बढी बच्चा जन्माउनेहरुले भने १२ हप्तासम्म मात्रै विदा पाउनेछन् ।

यो नियम १० वा सोभन्दा बढी कर्मचारी कार्यरत सबै कार्यालयहरुमा लागू हुनेछ ।

सुत्केरी विदा बढाउने मन्त्रिपरिषद निर्णयलाई संसदबाट पारित गराउने कोशिश भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment