Comments Add Comment

प्रधानमन्त्री प्रचण्डका गुरु कँडेलको निधन

२७ साउन, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का गुरु राजकृष्ण कँडेलको ७१ वर्षको उमेरमा विहीबार निधन भएको छ । लामो समयदेखि मिर्गौलालगायतका समस्याबाट पीडित कँडेलको विहीबार विहान उपचारकाक्रममा पुरानो मेडिकल कलेज भरतपुरमा निधन भएको हो ।

Raj-Krishna-Kandelकँडेल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नामाकरण गर्ने व्यक्तिसमेत हुन् । प्रचण्डका हेडसरका रुपमा परिचित उनले पश्चिम चितवनको शिवनगरमा रहेको नारायणी विद्यामन्दिर उच्च माविमा प्रचण्डलाई पढाएका थिए । कँडेलले नै प्रचण्डको नाम ‘छविलाल’बाट ‘पुष्पकमल’ राखिदिएको कँडेलका सहकर्मी भुवानीप्रसाद पौडेलले बताए ।

स्वर्गीय कँडेलको बिहीबार दिउँसो साढे दुई बजे शवयात्रासहित अन्त्येष्टी गरिने नारायणी विद्या मन्दिर उच्च माविका हालका प्राचार्य खगराज कँडेलले जानकारी दिए ।

अंग्रेजी विषयका शिक्षक राजकृष्ण कँडेललाई शिक्षा क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वको रुपमा समेत लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment