Comments Add Comment

नेपाल लाइफ इन्स्योरेन्सलाई एफपीओ जारी गर्ने बाटो खुल्यो

२८ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले र्फदर पब्लिक अफरिङ (एफपीओ) निष्काशनको मोडालिटी सार्वजानिक गरेको छ । यो सँगै नेपाल लाइफले एफपीओ जारी गर्न बाटो खुलेको छ । एफपीओसम्बन्धी मोडालिटी नहुँदा नेपाल लाइफ इन्स्योरेन्सको ३१ लाख कित्ता एफपीओ निष्काशन हुन सकिरहेको थिएन ।

नेपाल लाइफले १ सय रुपैयाँ अंकित मुल्यमा २८५१ रुपैयाँ पि्रमियम मुल्य थपेर प्रतिकित्ता २९५१ रुपैयाँका दरले ३१ लाख कित्ता एफीओ जारी गर्ने घोषणा गरेको थियो । कम्पनीले कम्पनीले त्रितोपत्र बोर्डको स्वीकृतिबिनै एफपिओको मुल्य तोकेर नेपाल स्टक एक्सचेञ्जबाट सूचना सार्वजानिक गरेको थियो ।

त्यसले दोस्रो बजार प्रभावित गरेको भन्दै बोर्डले केही मय कम्पनीको कारोबारसमेत रोकेको थियो । बोर्डले असार १६ गते कम्पनीको सेयर फुकुवा गरी बोर्डले मोडालीटी नदिएसम्म एफपीओ जारी नगर्न कम्पनीलाई निर्देशन दिएको थियो ।

बोर्डले एफपिओ निष्काशनका लागि चार वटा आधार तय गरेको छ । एफपिओको मुल्य निर्धारणका आधार र विधिहरु सिफारिश गर्न गठित समितिले सिफारिस अनुसार बोर्डले मूल्य निर्धारणका आधार तय गरेको हो ।

nepallifeहालसम्म पि्रमियम मुल्य निर्धारण कसरी गर्ने भन्ने सन्दभर्मा प्रष्ट नीति नहुँदा एफपीओमा समस्या हुँदै आएको थियो । तर, अब बोर्डले एफपिओ निष्काशन गर्न लागेको कम्पनीको विगत, वर्तमान र भविष्यको वित्तिय विवरणको मुल्यांकन तथा औसत बजार मूल्यका आधारमा एफपीओको मूल्य तय हुने जनाएको छ ।

पुँजीकृत भएको आम्दानी, प्रतिसेयर खुद सम्पत्तिको मूल्य, १८० दिनको औसत बजार मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्यलाई आधार मानेर एफपीओको मुल्य निर्धाण गर्नुपने व्यवस्था गरिएको छ । बोर्डका अनुसार तोकिएका चार आधारहरुबाट उपलब्ध भएको मुल्यको सामान्य औसत गणना गरी मूल्य गणना गरि मूल्य निर्धारण गर्नुपर्ने छ ।

त्यस्तै एफपिओ निष्काशनकाका लागि साधारणसभाले निर्णय गरेको चार महिनाभित्र बोर्डलाई जानकारी दिइसक्नु पर्ने बोर्डले जनाएको छ । सूचिकृत भएको संस्थाले एफपिओ मूल्य निर्धारण गर्दा एकरुपता आउने र मूल्य निर्धारण प्रक्रिया स्वच्छ तथा पारदर्शी हुने बोर्डको विश्वास छ ।

पि्रमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता ल्याउने उद्देश्यले बोर्डले विज्ञहरुलाई अन्तराष्ट्रिय अभ्यासमा आधारित रिपोर्ट तयार पारेको जनाएको छ । बोर्डले चाटर्ड एकाउन्टेन्स संघका उपाध्यक्षको अध्यक्षतामा धितोपत्र बोर्डका विज्ञ सञ्चालक, निर्देशक र अन्तराष्ट्रिय विज्ञ सम्मिलित अध्ययन कमिटि गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment