+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

कविताः चिठ्ठा पर्ने आशा

 डा.बच्चु कैलाश कैनी डा.बच्चु कैलाश कैनी
२०७३ साउन २९ गते ९:५३

मलाई नै पर्ने आशामा
मैले अस्ति एउटा चिठ्ठा किनेको थिएँ
भाग्योदय हुन्छ भन्ने सोचमा
खल्तीको पैसा रित्ताएको थिएँ

Dr Bachchu Kailash Kainiठूलो घर किन्ने र राम्रो कार चढ़ने
सपना देखेको थिएँ
घुमफिर र मोजमस्ती गर्ने
ठूलो योजना बनाएको थिएँ
त्यो चिठ्ठा पर्न त परेछ
तर अर्कैलाई परेछ

त्यसैले मेरो सारा सपना धुलोमा झरेछ
म धनी हुने आशा त्यसै मरेछ ।

धनी हुने आशामा
आफू र आफ्नो परिवारलाई
छिट्टै सम्पन्न बनाउने सुरमा
हिजो मेरो साथीले
त्यसै गरी एउटा चिठ्ठा किनेछ
उसले त जागिर समेत छोड्ने कल्पना गरेछ
राम्री केटी बिहे गर्ने
संसार समेत घुम्ने
र अरु के के हो के के गर्ने योजना बनाएछ
तर उसले आज मात्रै थाहा पाएछ
चिठ्ठा अरुलाई नै परेछ

त्यसैले उसको पनि धनी हुने आशा मरेछ ।

आज पनि त्यस्तै गरी
लाखौ परिवार र व्यक्ति
चिठ्ठा पर्छ भन्ने आशामा
आफूलाई सम्पन्न बनाउने सपना देख्दै
जीवनलाई त्यही आशाको त्यान्द्रोमा
जिउन सिकेका छन्
आफूलाई आशावादी बनाएका छन्
मलाई पनि पक्कै चिठ्ठा पर्छ भन्दै
सपनाको जिन्दगी बाँच्न सिकेका छन्
त्यसैलाई आफ्नो भाग्य ठानेका छन्
जिन्दगीलाई भविष्यको कसीमा छाडेका छन्

अनि, हाँसेर जिउन सिकेका छन्
त्यही चिठ्ठालाई नै धनी हुने
साध्य र साधन देखेका छन् ।

चिठ्ठाको भर परे पनि नपरे पनि
मैले र मेरो साथीले
चिठ्ठा किन्ने वा नकिन्ने
हामी सबै जनाले
आफूलाई आशावादी बनाउने नै हो
जीवनलाई हाँसी हाँसी जिउने नै हो
त्यसैले त सबैले भन्छन यहाँ
सास भए सम्म आश गर्ने नै हो ।
लन्डन, बेलायत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?