२९ साउन, काठमाडौं । विवादका कारण ६ दिनदेखि रोकिएको नेविसंघको महाधिवेशनमा बन्दसत्र नै सुरु नभई निर्वाचनका कार्यक्रम हुने भएको छ ।
संघको महाधिवेशन अन्तर्गत आज मतदाताको अन्तिम नामावली प्रकाशन र भोली उमेदवारी दर्ताको समय तोकिएको छ ।
बुधबार प्रतिनिधि विवाद हल भएपनि कांग्रेस नेता कृष्णप्रसाद सिटौंला र पूर्व अध्यक्ष महेन्द्र शर्मा समूहले शुक्रबार मात्रै प्रतिनिधिको सूची निर्वाचन आयोगमा बुझाएका थिए । प्रतिनिधिको सूची शुक्रबार ढिला गरि समितिलाई प्राप्त भएका कारण बन्दसत्र सुरु हुन सकेन ।
निर्वाचन समितिले आज मतदाताको अन्तिम नामावली प्रकाशन र भोली उमेदवारको मनोनयन दर्ता र सोमबार मतदान गर्नेगरी कार्यतालिका बनाएको नेविसंघका प्रवक्त यूपी लामिछानेले जानकारी दिए ।
भोली उमेदवारको मनोनयन गर्ने कार्यतालिका रहेसँगै निर्वाचनका लागि आ आफ्नो उमेदवारको प्यानल बनाउन कांग्रेस नेताहरुलाई हम्मेहम्मे परेको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला प्यानल मिलाउन लागिपरेका छन् ।
प्रतिक्रिया 4