Comments Add Comment

छात्रावासमा ‘भूत’ को त्रास

ghost३० साउन, काठमाडौं । सबैले मिलनसार दिदीका रुपमा चिन्ने हुम्ला जिल्लाको एक मात्रै महिला फिडर छात्रावासको सिद्धा ऐडीको व्यवहार एक सातादेखि निकै फरक छ ।

अरुको काममा सहयोग गर्ने छात्रावासका साना बहिनी र आफ्नै सहपाठीलाई पढाइ तथा अन्य काममा समेत सुझव दिने ऐडीको बोली निकै परिवर्तन भएको छ ।

मिजासिला शव्द र सम्मानजनक भाषा प्रयोग गर्ने कक्षा दसमा अध्ययनरसत सिद्धाले एक सातायता अश्लील शब्द प्रयोग गर्न थालेकी छिन् । उनी घरी आफैं जमिनमा लम्पसार पर्ने त  घरी अर्की महिला -भूत) आएर आफूलाई हिर्काउन थालेको भन्दै सिमकोट बजारनै थर्काउने गरी रुन्छिन् । अाजको अन्नपूर्णमा समाचार छ ।

सिद्धा बसेकै छात्रावासकी पुष्पा रावतको अवस्था पनि फरक छैन । एकैछिन सामान्य अवस्थाकी पु्ष्पा आफूलाई लिन ऊः पर आई भन्दै होस गुमाउछिन् । छिनभरमै सामान्य अवस्थामा आएको बेला आफूलाई थाहा नभएको बताउने पुष्पा अनुहार छोपेकी महिलाले आफूलाई छोएपछि बेहोस हुने बताउँछिन् ।

छात्रावासमा भएका २० जनालाई खाना पकाउने भान्से विमला रावलको अवस्था पनि उस्तै छ ।

झट्ट सुन्दा नाटकीय लाग्ने जस्तो उक्त दैनिकी गएको एक सातादेखि सदरमुका सिमकोटकै मुटुमा रहेको जिल्लाको एक मात्रै महिला छात्रावासको हो ।

जिल्ला शिक्षा कार्याल यमार्फत नेपाल सरकारले सञ्चालन गरेको उक्त छात्रावासमा आश्रय लिएर बसेका २० जनामध्ये भान्सेसहित ५ जनालाई फरकफरक भूत लागेपछि छात्रावासको दैनिकी नै फेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment