Comments Add Comment

मोरङमा छुरा प्रहार गरी महिलाको हत्या

३० साउन, पथरी । मोरङको पथरीशनिश्चरे-१० मा एक महिलाको छुरा प्रहार गरी हत्या भएको छ । पथरीशनिश्चरे नगर विकास समितिका अध्यक्ष पर्शु कार्कीकी जेठी बुहारी समिक्षा कार्कीको छुरी प्रहार गरी हत्या भएको छ ।

Murder-at-Morangघरमा सञ्चालन भएको होटलमा आएर पथरीशनिश्चरे ११ का वर्ष ३१ का दिलिप घतानीले समिक्षाको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरेलु हतियार (सब्जी काट्ने छुरी)ले कार्कीलाई पछाडिबाट बायाँ कोखामा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

कार्कीकै घर छेउँमा सुनचँदी पसल गरी बस्ने घतानीले रक्सी र झार मार्ने विषादी सेवन गरी कार्कीलाई छुरी प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

छुरी प्रहार पछि स्थानियले घाइतेलाई उपचारार्थ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए पनि उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार घटनास्थलमा छुरी, विषादीको खोल, औषधि घोल्न प्रयोग गरेको २ थान गिलास बरामद भएको छ । घतानीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीका अनुसार घतानीको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था गम्भीर छ ।

हत्याको कारण नखुलेको र अनुुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment