Comments Add Comment

७ अर्व खर्चँदा पनि जिल्लाको विकास उस्तै

jibisa-dhanusha

३० साउन, जनकपुर । आर्थिक वर्ष २०७२/७३ मा धनुषाको विकासको लागि विनियोजित रकमको ८८ दशमलव ७२ प्रतिशत बजेट खर्च भएको छ । खर्च हुन नसकेको ११ दशमलव ४३ प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषाले जानकारी दिएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषाका अनुसार आव २०७२/७३ मा धनुषाको विकासका लागि विनियोजित ८ अर्ब ५३ करोड ४५ लाख २७ हजार ७ सय ५८ रुपैयाँ मध्ये ७ अर्व ५५ करोड ८६ लाख १८ हजार ६ सय ८६ रुपैयाँ खर्च भएको छ । कार्यन्वयनमा नआएपछि ९७ करोड ५९ लाख ९ हजार ७२ रुपैयाँ फ्रिज भएको छ ।

कर्मचारीहरु विकास निर्माण प्रति गम्भीर नहुँदा जिल्ला विकास समिति धनुषाको सवै भन्दा बढी रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याँक छ ।

जिविस धनुषामा प्राप्त १ अर्व ८० करोड २६ लाख ९१ हजार ६ सय ९० रुपैयाँ बजेट मध्ये १ अर्व ५९ करोड १० लाख ३३ हजार ५ सय ६१ रुपैयाँ खर्च भएको छ । खर्च गर्न नसकेको २१ करोड १६ लाख ५८ हजार १ सय २९ रुपैयाँ फ्रिज भएको कोलेनिकाका प्रमुख कोष नियन्त्रक डा. वीरेन्द्र मिश्रले बताए ।

कोलेनिकाका प्रमुख कोष नियन्त्रक मिश्रका अनुसार जिल्ला शिक्षा कार्यालय धनुषामा विनियोजित ८८ करोड ३५ लाख ३ हजार ६ सय २४ रुपैयाँ मध्ये ७१ करोड १८ लाख ३ हजार १ सय ८२ रुपैयाँ खर्च भएको छ । खर्च गर्न नसकेको १७ करोड १७ लाख ४ सय ४२ रुपैयाँ फ्रिज भएको छ ।

डिभिजन सडक कार्यालय जनकपुरमा प्राप्त १ अर्व २३ करोड ५४ लाख ६६ हजार १ सय ७२ बजेट मध्ये १ अर्व १६ करोड ७७ लाख ५५ हजार ४ सय ९७ खर्च भएको छ । खर्च गर्न नसकेको ६ करोड ७७ लाख १० हजार ६ सय ७५ रुपैयाँ फ्रिज भएको छ ।

सिंचाई विकास डिभिजन कार्यालय, जनकपुरको १३ करोड ५६ लाख ९२ हजार बजेट मध्ये ११ करोड ५ लाख ४९ हजार १७ रुपैयाँ खर्च र २ करोड ५१ लाख ४२ हजार ९ सय ८३ रुपैयाा फ्रिज भएको छ ।

जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय जनकपुरको ९३ करोड २१ हजार ७ बजेट मध्ये ८९ करोड ९६ लाख ३९ हजार ८ सय ९२ रुपैयाँ खर्च भएको छ । कार्यन्वनमा नआएपछि ३ करोड ३ लाख ८१ हजार १ सय १५ रुपैयाँ फ्रिज भएको छ ।

कमला हर्दिनाथ सिंचाई व्यवस्था डिभिजन कार्यालय धनुषामा आएको २७ करोड २० लाख ६१ हजार बजेट मध्ये २७ करोड १८ लाख ६२ हजार ७ सय ९३ खर्च भएको छ । कार्यालयले खर्च गर्न नसकेको १ लाख ९८ हजार २ सय ७ रुपैयाँ फ्रिज भएको छ ।

जिल्ला विकास समितिको कार्यालय, सडक कार्यालय, हुलाकी राजमार्ग आयोजना कार्यालय लगायत धनुषाका ७८ सरकारी कार्यालयबाट जिल्लाको विकासको लागि अर्वौं खर्च गरेपनि काम गुणस्तरीय नहुँदा जिल्लाको विकास हुन नसकेको समाजसेवी अमरचन्द्र अनिलले बताए ।

हिउँदमा जीर्ण हुने जनकपुरसहित धनुषाका ग्रामिण सडक बर्षायाममा डुबानमा पर्दा झन विकराल स्थिति उत्पन्न हुने गरेको उनको भनाई छ ।

अर्वौं रकम खर्च हुँदा पनि जिल्लाको विकास उस्तै रहेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विकास निर्माणको विशेष अनुगमन तथा छानविन गरेर दोषिलाई कारवाही गर्नु पर्ने समाजवादी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र झाले बताए ।

निर्माण व्यवसायीहरुबीचको अस्वस्थ प्रतिस्पर्धा, स्थानीय तहमा योजनामाथि उपभोक्तामा अपनत्व नहुँदा निर्माण कार्य अधुरो भई रकम फ्रिज भएको कोलेनिकाका प्रमुख कोष नियन्त्रण मिश्रले बताए । तराई मधेसका जिल्लामा विकास वजेट खर्च गर्ने संस्कृतिका कारण बजेटको सदुपयोगमा समस्या हुने गरेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment