+
+
Shares

विप्लव माओवादी निकट विद्यार्थी संगठनको हड्तालले शिक्षण संस्था प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३१ गते १०:०३

school

३१ साउन, काठमाडौंं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आहृवान गरेको हड्तालका कारण देशभरका शिक्षण संस्था प्रभावित भएका छन् ।

क्रान्तिकारीले निजी स्कुल तथा कलेजको चर्को शुल्क खारेज, पूँजी र बिद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य, मनोरञ्चनका क्षेत्रमा बिद्यार्थीलाई ५० प्रतिशत छुट दिन, २० प्रतिशत छात्रबृत्ति प्रदान गर्न माग गर्दै सोमबार र मगलबार शैक्षिक हड्तालको आब्हान गरेका छन् ।

आफ्ना माग पुरा नभए चाँडै नै अनिश्चितकालिन हड्तालमा उत्रिने चेतावनीसमेत क्रान्तिकारीले दिएको छ ।  शैक्षिक आम हड्तालका कारण देशभर अधिकांश शैक्षिक संस्थाको पठन पाठन प्रभावित भएको हो ।

यसैबीच, ताप्लेजुङमा जारी सामुदायिक विद्यालयको परीक्षामा भने कुनै अबरोध नगर्ने क्रान्तिकारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?