३१ साउन, बैतडी । कैलालीको धनगढीबाट बझाङ जाँदै गरेको ना ५ ख २८३२ नम्बरको बस बैतडीको सिद्धेश्वर गाविस बृन्दावन नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दिउँसो करिब ३ बजे भएको दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी दिपककुमार आचार्यले जानकारी दिए ।
यस्तै दुर्घटनामा परि १४ जना गम्भिर घाइते भएका छन् । अरु ६ जना सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि क्षेत्रिय अस्पताल डडेलधुरा लगिएको छ ।
बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीलाई उधृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताएका छन् ।
सोमबार दिउँसो नै काभ्रेमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4