Comments Add Comment

अस्पताल भत्कन थालेपछि स्वास्थ्यकर्मी त्रसित

hospital३२ साउन, काठमाडौं । बाहिरबाट हेर्दा भवन भव्य र लोभलाग्दो देखिन्छ ।

दुर्गम गाउँमा बनेको यो भवनले धेरैलाई विकासको अनुभुति पनि दिलाउँछ । नयाँ भवन बनेपछि सानो कटेरो र खुला चौरमा विरामीको उपचार गर्नुपर्ने वाध्यता पनि टर्‍यो ।

बसौंदेखिको प्रयासपछि गाउँमै सुविधायुक्त अस्पताल भवन पाएपछि उपचार अभावमा कसैले ज्यान गुमाउनु नपर्ने भन्दै स्थानीयले खुसीयाली नै मनाए । तर ठेकेदारको चरम लापरवाहीका कारण अहिले त्यही भवन धराप बनेको आजको अन्नपूर्णमा समाचार छ ।

सुर्खेत सदरमुका वीरेन्द्रनगरबाट पश्चिम रहेको प्राथमिक स्वास्थ् केन्द्र सालकोटको नजनिर्मित भवन कतिबेला भत्कने हो कुनै टुंगो छैन ।

निर्माण भएको दुई वर्ष बितेको छैन तर भवनको भित्री भाग भत्किन  थालेको छ । बिरामीको ज्यान जोगाउन निर्माण गरिएको असपतालको भवनै भत्कन थालेपछि त्यहाँ कार्यरत स्वास्थ्यकमी र उपचारका लागि भर्ना भएका बिरामी त्रसिछ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment