+
+
Shares

व्यापारी संघाईको अवैध सम्पत्ति खोज्दै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३२ गते ६:२१

३२ साउन, काठमाडौं । नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरण आशंकामा व्यापारी पवन संघाईमाथि छानविन थालेको छ ।

Nepal-Police-Logoऔषधि बनाउन प्रयोग गरिने पि्रकर्सर ‘स्युडोइफ्रिडिन’ तस्करी अभियोग लागेपछि फरार रहेका संघाईमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गर्न खोजेको अभियोगमा छानविन थालेको आजको राजधानी दैनिकले जनाएको छ ।

प्रहरीका अनुसार उनीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको र दोषी पाइए थप कारबाही प्रक्रियाका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाउने तयारी भइरहेको छ ।

व्यापारिक घराना संघाई ग्रुपका अध्यक्षसमेत रहेका पवन संघाईलाई पक्राउ गर्न नसकेपछि प्रहरीले उनले लगानी गरेको कम्पनी र त्यसबाट आयआर्जन गरेको सम्पत्तिको वैधतामाथि प्रश्न उठाउँदै अनुसन्धान सुरु गरेको हो ।

प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको संघाईको प्लास्टिक कारखानामा गत १२ साउनमा तस्करीका लागि लुकाएर राखेको ४ सय ७० किलो पि्रकर्सर स्युडोइफ्रिडिन फेला परेको थियो ।

प्लास्टिक कारखानामा औषधि बनाउने कच्च पदार्थ फेला परेसँगै उनी फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?