Comments Add Comment

सुरक्षाको प्रत्याभूति भए अफगानिस्तानमा फेरि नेपाली कामदार पठाउन सकिने

prachanda_afgan report३२ साउन, काठमाडौं । एउटा सरकारी कार्यदलले सुरक्षाको प्रत्याभूति भए अफगानिस्तानमा फेरि नेपाली कामदार पठाउन सकिने बताएको छ ।

काबुल आक्रमणमा १३ नेपालीको मृत्यु भएपछि सरकारले अफगानसहित चार देशमा जान रोक लगाएको छ । साथै अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे अध्ययन गर्न कार्यदल बनाएको थियो ।

कार्यदलले मंगलबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा सुरक्षाको पूर्ण प्रत्याभूति र कार्यस्थलमा सुरक्षित राख्ने ग्यारेन्टी भए निश्चित क्षेत्रका लागि अफगानिस्तानमा नेपाली कामदार पठाउन सकिने उल्लेख छ ।

अफगानिस्तानस्थित सयुक्त राष्ट्रसंघका कार्यालय तथा दूतावासहरुमा सुरक्षा गार्डका रुपमा नेपाली कामदार जाने गरेका छन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म नेपाली कामदार पठाउन नसकिने बताएका छन् । साथै उनले यसबारे मन्त्रिपरिषदमा छलफल गर्ने समेत बताएको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रचण्डलाई प्रतिवेदन बुझाउन श्रम मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment