Comments Add Comment

नेपाली सेनाको लगानी घर जग्गादेखि अक्सिजन प्लान्टसम्म

सम्पत्ती ३७ अर्ब, बैंकमा मौजदात ३३ अर्ब

Nepal-Army-Gaurab-Tandul
सैनिक कल्याणकारी कोषका गतिविधिबारे जानकारी दिँदै योजना निर्देशक गौरव तण्डुल । तस्वीर सौजन्य: नेपाली सेना

३२ साउन, काठमाडौं । नेपाली सेना कल्याणकारी कोषको सम्पत्ती ३७ अर्ब पुगेको छ । बैंकमामात्रै ३३ अर्ब रुपैयाँ मौज्दात रहेको सेनाले जनाएको छ ।

नेपाली सेना नेपालका सुरक्षा संगठनहरुमध्य सबैभन्दा धनी संगठन हो ।

घर जग्गालगायत विभिन्न क्षेत्रमा गरेको लगानीसहित ३७ अर्वको सम्पति रहेको नेपाली सेनाले मंगलबार पत्रकार सम्मेलन गरी कल्याणकारी कोषको गतिविधिबारे जानकारी दिएको हो ।

सैनिक मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा कल्याणकारी योजना निर्देशक सहायक रथी गौरव तण्डुलले सेनाले ४ अर्ब ४० करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको जानकारी दिए । त्यस्तै हाल विभिन्न बैंकमा ३२ अर्व ६९ करोड मौज्दात रहेको र समस्याग्रस्त केही बैंकबाट २८ करोड रुपैयाँ असुल्न बाँकी रहेको उनले जानकारी दिए ।

समस्याग्रस्त ती बैंकहरुबाट पैसा असुल गर्न बैंकको नाममा रहेका चल अचल सम्पति रोक्का गरिएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले अक्सिजन प्लान्ट, पिउने पानी, अस्पताल तथा घर जग्गामा समेत गरेर दश क्षेत्रमा चार अर्ब लगानी गरेको छ ।

त्यस्तै गत वर्षको भूकम्पमा ज्यान गुमाउने सैनिकका परिवारका लागि ३ लाख रुपैयाँका दरले २ अर्ब ४९ करोड रुपैयाँ राहत उपलब्ध गराएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

घरजग्गा कारोवारमा सेना

लामो समयदेखि हाइड्रोपावरमा लगानि गर्ने योजना बनाइरहेको नेपाली सेना पछिल्लो समय घर जग्गामा आकर्षित हुन थालेको छ ।

सेनाले सुनसरीको इटहरी, पोखराको फुलवारी र राधाकृष्ण टोलमा रहेको जग्गा आफ्ना बहालवाला तथा अवकाश प्राप्त सैनिकहरुलाई बिक्री गरेको छ ।

चितवनको पिठुवामा समेत गरेर १ हजार ६ सय ४४ कित्ता जग्गा बिक्री भएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment