Comments Add Comment

अल्छि मानिसहरु बढि बुद्धिमान

lazyयदि तपाइँलाई कुनैपनि काम गर्न निकै अल्छी लाग्छ र कामचोर हुनुहुन्छ भने यो खबर पढेपछि तपाइँको अनुहारमा सायद खुसी छाउनेछ ।

एक अध्ययनको निष्कर्षलाई मान्ने हो भने शारीरिक परिश्रम गर्न अल्छी मान्ने मानिसहरु तुलनात्मक रुपमा धेरै समझदार तथा बुद्धिमान हुने गर्छन् । त्यसैले तपाइँको कामचोरीपनलाई कसैले खिसिट्युरी गर्दथ्यो भने मुखैभरीको जवाफ दिनुहोस् की बद्धिमान मानिसहरु शारीरिक परिश्रम कम गर्दछन् मित्र ।

अध्ययन अनुसार जो मानिसहरु अल्छी हुन्छन् र शारीरिक रुपमा कम काम गर्दछन् उनीहरुको दिमाग तेजिलो हुन्छ । उनीहरु धेरै समयसम्म सोँच्दछन् वा दिमागी काम धेरै गर्छन् र शारीरिक काम कम गर्दछन् ।

शोधकर्ताहरुका अनुसार तिक्ष्ण मस्तिष्क भएका मानिसहरु शारीरिक रुपमा सक्रिय हुँदैनन् र यसका बाबजुत पनि उनीहरुले दिक्क मानेका हुँदैनन् किनकी उनीहरु हरेक समय केही न केही सोँचिरहेका हुन्छन् ।

अल्छी मानिसहरुका लागि उनीहरुको विचार तथा सोँचले ठूलो अर्थ राखेको हुन्छ र सोँचविचारमै व्यस्त हुन्छन् उनीहरु ।
शारीरिक रुपमा बढि परिश्रम गर्ने मानिसहरु नन थिंकर वा सोँचहीन हुन्छन् र आफ्नो विचारमा पनि ध्यान दिँदैनन् ।

जर्नल अफ हेल्थ साइकोलोजीमा प्रकाशित शोध अनुसार मानिसको समग्र विकाशका लागि सोँचविचार तथा शारीरिक काम दुबै गर्नु जरुरी हुन्छ । तर शारीरिक रुपमा धेरै काम गर्ने मानिसहरु छिटै दिक्क मान्छन् जसले उनीहरुको मस्तिष्कमा नराम्रो असर पर्दछ ।

तर कामचोर प्रवृत्ति भएका र धेरै सोँचविचार गर्ने बुद्धिमान मानिसहरुले दिक्क अनुभव गर्दै गर्दैनन् भन्ने चाहीँ होइन । कुनै निश्चित समयपछि उनीहरुले पनि दिक्कपना अनुभव गर्दछन् । त्यसैले सोँचाई सँगै शारीरिक काम पनि गर्ने बानी बसालेमा दिमागमा नकारात्मक भाव आउन पाउँदैन, जिउ पनि स्वस्थ हुन्छ र जिवनशैली राम्रो बन्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment