Comments Add Comment

ओलम्पिकमा ऐतहासिक स्वर्ण जित्ने जोडी

British-Cyclist-1

‘हाम्रा सन्तानमा हाम्रा केहि गुणहरुपनि देखिन्छन होला है ?’ यो बेलायती साइक्लिङ स्टार लाउरा ट्रोटले आफ्ना हुनेवाला पति जेसन केनीसँग भावुक हुँदै ट्वीटरमार्फत गरेको प्रश्न हो, त्यतिबेला रियो ओलम्पिकमा केन्नीले छैटौं ओलम्पिक स्वर्ण जितेको केहि समयपछि ट्रोटले पनि चौथो ओलम्पिक स्वर्ण जितेकी थिइन् ।

मंगलबार साँझ यी जोडीले स्वर्ण जित्दै ओलम्पिक इतिहाँसमा १० स्वर्ण जित्ने जोडी बनेका छन् ।

आफ्ना हुनेवाला पति केनीले ओलम्पिक इतिहासमा साइक्लिङतर्फ सर क्रिस बजराको कीर्तिमान बराबरी गरेपछि २४ बर्षीय ट्रोटको आँखाबाट आँशुको भेल बग्यो ।

British-Cyclist

ओलम्पिक इतिहासको सबैभन्दा सफल जोडीले मायालु अंकमालसहित चुम्बन गर्‍यो जतिबेला दुवैले रेस पूरा गरी स्वर्ण जिते । केनीले रंगशालामा उपस्थित हजारौं समर्थकलाई हात हल्लाएर अभिवादन गरे ।

ट्रोटलाई पहिल्यै थाहा थियो कि उनले स्वर्ण जित्छन् । उनले भनेकी छन्, ‘मलाई केनीले पहिल्यै भनेका थिए कि मैले स्वर्ण जित्नेछु ।’ यी दुईले गरेर ओलम्पिकमा ११ पदक जितेका छन् । जसमा २८ बर्षीय केनीको ६ स्वर्ण र १ रजत छ भने ट्रोटको ४ स्वर्ण छ । केनीले यसअघि सन् २००८ मा १ र २०१२ मा २ स्वर्ण जितेका थिए ।

ओलम्पिकमा स्वर्ण जितेपछि दुवै जनाले एक अर्काको प्रदर्शनमा गर्व लागेको प्रतिक्रिया दिएका थिए । उनीहरु आगामी महिना बिबाह बन्धनमा बाँधिदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment