+
+

अधकट्टी निर्देशकको ‘मनोरञ्जन’, नीशासँगै नाजिर देखिने

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १ गते १६:२८

nisha adhikari

चलचित्र ‘अधकट्टी’ निर्देशन गरेका संचारकर्मी सुव्रत आचार्यले नयाँ चलचित्र ‘मनोरञ्जन’ निर्देशन गर्ने भएका छन् । चलचित्रले पैसा र यूवतीको कथालाई उठान गर्नेछ ।

पहिलो चलचित्र पनि कमेडी बिषयमा नै बनाएका सुव्रत दोश्रो चलचित्रलाई पनि यस्तै धारमा ढाल्ने तयारीमा छन् । कात्तिकको पहिलो साताबाट यो चलचित्रको छायांकन सुरु हुने उनले जानकारी दिए ।

यो चलचित्रमा नायिका नीशा अधिकारी, बर्षा राउतकाे  साथमा नाजिर हुसने, प्रमोद अग्रहरी लगायतका कलाकारले काम गर्ने चर्चा छ । सुव्रतले भने-‘सबै कलाकारसँग मौखिक कुरा भएको छ । सबैजना काम गर्न तयार छन् । तर, कागजी संझौता भएको छैन ।’

यस्तै, चलचित्रका लागि कलाकार प्रमोद अग्रहरीसँग पनि कुरा भैसकेको सुव्रतले जानकारी दिएका छन् । चलचित्रमा पटकथा तथा संवाद अभिमन्यू निरवीको रहनेछ ।

राइज म्यूजिकको ब्यानरमा तयार हुने चलचित्रमा सुवास थापाको प्रस्तुती रहनेछ भने विनोद सिंह यसका कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?