Comments Add Comment

महरेजले लिसेस्टरमै बस्ने, नयाँ सम्झौतामा हस्ताक्षर

Riyad Mahrez२ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीका विंगर रियाद महरेजले क्लबसँग नयाँ चार वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अल्जेरियन २५ वर्षे फुटबलर यो सिजन आर्सनलसहितका क्लबहरुमा जाने चर्चा चलेको थियो । तर, लिसेस्टरमै बस्ने भएका छन् ।

गत सिजन लिसेस्टरलाई च्याम्पियन बनाउने क्रममा उनले १७ गोल गरेका थिए भने ११ गोल पास दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment