Comments Add Comment

१० वर्षीय बालकमाथि पाँच लाख ऋण !

nepali_rupees३ भदौ, काठमाडौं । पाँचथर सराडडाँडा -४ का भगीश्वर नेपाली १० वर्ष पुगे । दुर्गा उच्च माविको तीन कक्षाका विद्यार्थी उनीमाथि पाँच लाख ऋण छ ।

आमाको उपचारका लागि उनका लागि ठूलो बाबा खड्गबहादुरले जमानी बसेर त्यो ऋण लिइदिएका थिए । पहिल्यै बुबा गुमाइसकेका उनले पाँच लाख खर्च गरे पनि आमालाई बचाउन सकेनन् । आजको नयाँ पत्रिका देनिकमा समाचार छ ।

वैदेशिक रोजगारीमा गएका बुबा रामबहादुर नेपालीले २५ पुस २०७१ मा मलेसियामै ज्यान गुमाए । घरमा श्रीमती विरामी थिइन् ।

त्यो खर्च घर पठाउने तयारी गर्दागर्दै उनको पैसाकै लागि हत्या भएको थियो ।  श्रीमान्को हत्या भएको खबर आएपछि उनी थला नै परिन् ।

चेकजाँच गराउने क्रममा पत्ता लाग्ययो उनको दवै मृगौलाले काम गर्न छाडेछन् । विराटनगर हुँदै काठमाडौंसम्म लगेर उपचार गरिए पनि उनको ज्यान बचेन ।

अन्नतः २० माघ २०७२ मा उनले पनि धर्ती छाडिन् । आमा बुबा दवै गुमाएका भगीश्वरले अहिले ठूलो बुबा खड्गबहादुरकै घरमा संरक्षण पाइरहेका छन् ।

तर, भतिजामाथि लागेको पाँच लाख ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहन्छ खड्गबहादुरलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment