Comments Add Comment

म्युजिक भिडियोमा रश्मिको व्यस्तता, भन्छिन् – ‘मिहिनेत गरे नेपालमै लाख कमाइन्छ’

Rashmi-Tamang

काठमाडौं । नेपालमा अवसरै छैन अवसर छैन भन्नेहरूका लागि रश्मि तामाङ एउटा उदहारण हुन सक्छिन् । डान्सर बन्ने मोहले म्युजिक भिडियोको दुनियाँमा छिरेकी रश्मि अहिले नेपालमा व्यस्त मोडलको सूचीमा पर्छिन् ।

पछिल्लो दुई महिनामा तीज गीतका ३२ वटा भिडियोमा अभिनय गरिन् उनले । एउटा भिडियोबाट कम्तीमा १५ हजार रुपैयाँ पारिश्रमिक लिन्छिन् । यिनै ३२ वटा भिडियोको कमाइको हिसाब गर्दा पनि उनले दुई महिनामा पाँच लाख रुपैयाँ आर्जन गरिन् ।

‘सधैं यस्तै अवस्था त हुन्न’ आफ्नो कमाइबारे रश्मि भन्छिन् – ‘कहिलेकाहीँ खाली पनि बस्नुपर्छ । तर, म आफ्नो कामबाट सन्तुष्ट छु ।’

उनले दुई वर्षयता चार सयभन्दा बढी भिडियोमा काम गरिसकेकी छन् । नेपालमा अवसरै छैन भन्नेमा भने उनी असहमत छिन् । ‘मिहिनेत गर्ने हो भने यहाँ पनि प्रशस्त सम्भावना छन्,’ उनले भनिन्– ‘जुनसुकै क्षेत्रमा पनि मिहिनेतपूर्वक लाग्ने हो भने महिनामा लाख रुपैयाँ कमाउन सकिन्छ ।’

मिहिनेतकै कारण आफू यो स्थानमा आउन सफल भएको रश्मि बताउँछिन् । महिनामा उनले कम्तीमा पनि पाँचवटा म्युजिक भिडियोमा काम गर्दै आएकी छन् ।

सांस्कृतिक कार्यक्रमको सिलसिलामा उनी विभिन्न देशमा पुगिसकेकी छिन् । तीज विशेष कार्यक्रमका लागि अब हङकङ जाने तयारीमा छिन् । एक महिनाअघि उनले ४० लाख रुपैयाँमा कार किनेकी छन् ।

नेपालीहरूले विदेशमा गएर जस्तो पनि काम गरेको देखेकी छिन् रश्मिले । उनी अचम्म मान्छिन्– ‘बाहिर गएर कठोर काम गर्नेहरु पनि यहाँ आएपछि भने अल्छी गर्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment