Comments Add Comment

‘चपली हाइट २’ले बढायो आयुष्मानको फ्यान क्रेज, मल्टिप्लेक्समा व्यापार राम्रो

chapali height with darsak (2)
काठमाण्डौका मल्टिप्लेक्समा बिहिबारबाट प्रदर्शनमा आएको चलचित्र ‘चपली हाइट २’को व्यापार सुखद देखिएको छ । विशेषगरि, काठमाण्डौको सीभील, कुमारी, जय नेपाल, बीग लगायतका हलमा चलचित्रको व्यापार शुक्रबार र शनिबार सुखद देखिएको छ ।

बिहिबारबाटै प्रदर्शनमा आएको यो चलचित्रको व्यापारलाई लिएर निर्माता अर्जुन कुमार र निर्देशक दीपेन्द्र के खनालको खुशी व्यक्त गरे ।
काठमाण्डौमा बाहिर औषत व्यापार गरेको यो चलचित्र काठमाण्डौका सिंगल भन्दा मल्टिप्लेक्स हलमा आक्रामक देखिएको छ ।
chapali height with darsak (1) chapali height with darsak (3)
शुक्रबार र शनिबार चलचित्रले पाएका शोमा दर्शकको फ्लोले पनि यो कुराको पुष्टी गर्दछ । दीपेन्द्र के खनाल चलचित्र ‘पशुपति प्रसाद’ पछि फेरि एकपटक सफल निर्देशकको रुपमा दहरिएका छन् ।

यो चलचित्रमा नव-नायक आयुष्मान देसराज मुख्य भूमिकामा छन् छन् । काठमाण्डौका मल्टिप्लेक्स हलमा उनीमाथि यूवती क्रेज बढी देखिएको छ । दर्शकको प्रतिक्रिया लिन हल-हलमा पुगेका आयुष्मानलाई यूवतीहरुले बढी खोजी गरेका छन् ।
chapali height with darsak (4) chapali height with darsak (5)
केही यूवती चलचित्रमा आयुष्मानले दुख पाएको भन्दै रोएको पनि देखिएको छ । नव-नायिका परमीता आरएल राणा र नायिका मरिष्का पोख्रेललाई पनि दर्शकले रुचाएका छन् । प्ले ब्वाई यूवकको प्रेममा आउन सस्पेन्स कथामा चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment