+
+
Shares

इ-स्पोर्टस च्याम्पियनसीप पाँच दिनसम्म चल्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ७ गते १५:२३

e-sports
७ भदौ, काठमाडौं । द व्रिटिश कलेजका विद्यार्थीहरुले अन्तर कलेज इ-स्पोर्टस च्याम्पियनसीप-२०१६ आयोजना गरेका छन् ।

द बि्रटिश कलेजमा अध्ययनरत विद्यार्थीहरुको आइटी क्लबले सोमबारबाट प्रतियोगिता सुरु गरेको हो । नेपालमा इ-स्पोर्टसलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता थापाथलीस्थित द वि्रटिश कलेज परिसरमा कलेजका एशोसिएट डिन -आइटी/कप्युटर साइन्स) अरुणलाल जोशीले उद्घाटन गरेका छन् ।

उपत्यकाका ४० वटा कलेजका विद्यार्थीहरु प्रतियोगिका रुपमा सहभागी भएको प्रतियोगिता पाँच दिनसम्म चल्नेछ । जसमा फिफा-१६, डोटा-२, सिएसःगो खेलमा प्रतिस्पर्धा गराइने कार्यक्रमका संयोजक प्रतिक गौतमले बताए ।

फिफा-१६ खेलमा प्रतिस्पर्धा गर्नका लागि १५० भन्दा बढी विद्यार्थीले नाम दर्ता गराएका छन् । त्यसैगरी, डोटा-२ मा २४ टीम र सिएसःगोमा १६ भन्दा बढी टीमले नाम दर्ता गराएको गौतमले जानकारी दिए ।

सोमबारबाट सुरु भएको खेल अवलोकनको लागि पहिलो दिन नै विभिन्न कलेजका ७ सयभन्दा बढी विद्यार्थी सहभागी भएको गौतमले जानकारी दिए ।

युवा पुस्तामाझ लोकपि्रय भइरहेको इ-स्पोर्ट्सलाई नेपालमा प्रवर्द्धन गर्न र यस्ता खेलमा नेपाली युवाहरुलाई पनि अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो प्रतियोगिताको आयोजना गरिएको द वि्रटिश कलेजका मार्केटिङ तथा पीआर म्यानेजर सुमन श्रेष्ठले बताए ।

प्रतियोगितामा फिफा-१६ मा प्रथम हुनेले २० हजार रुपैयाँ नगद, प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् । दोस्रो हुनेले १० हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल पाउनेछन् ।

त्यसैगरी, डोटा-२ मा पहिलो हुनेले टीमले ३० हजार रुपैयाँ नगद, प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछ । दोस्रो हुने टीमले १० हजार नगद, प्रमाणपत्र र मेडल पाउनेछन् ।

सिएसः गो प्रतियोगितामा पहिलो हुने टीमले २० हजार नगद, प्रमाणपत्र र मेडल पाउनेछ भने दोस्रो हुनेले १० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र पाउने आयोजकले बताएका छन् ।

प्रतियोगिताको लागि वल्र्ड लिंकले इन्टरनेट सेवा उपलब्ध गराएको छ भने फक्स इभेन्ट्स, फाइन योर टि्रप र स्वस्तिक कलेज प्रतियोगिताको सह-प्रायोजक रहेका छन् ।

त्यसैगरी, गेमिङ पार्टनरको रुपमा एमएसआई र ओसिएन कम्प्युटर प्रालि रहेका छन् भने प्राविधिक पार्टनरका रुपमा पावर प्ले तथा हाइपर नेपाल रहेका छन्।

ह्यालफ्याक्स मिडिया, काठमाडौं फन भ्याली, माईकेटीएम, रोस्पन लगायतका संस्थाले प्रतियोगिता आयोजना गर्नको लागि सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?