+
+
Shares

प्रज्ञामा प्रचण्ड र केपीको दोहोरी, मापसेमाथि जीतु र दमनको कडा ब्यङ्ग्य(फाेटाे फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ८ गते १२:३२

gaijatra in pragya (9)
काठमाण्डौ प्रज्ञा प्रतिष्ठानमा यतिबेला ‘तितो जिरे गाइजात्रा महोत्सव’ चलिरहेको छ । १ हजार रुपैयाँ सम्मको टिकट काटेर दर्शक हरेक दिन प्रज्ञामा गाइजात्राको रमाइलो हेर्न पुगिरहेका छन् । १० बर्षपछि हाँस्य कलाकार जोडी जीतु नेपाल र दमन रुपाखेती गाइजात्रामा एकसाथ प्रस्तुत भए । यी दुई कलाकारले प्रस्तुत गर्ने ‘मापसे’ प्रहसनले दर्शकलाई पेट मिचिमिची हसाँएको छ ।

यसपटक गाइजात्रामा कलाकार दीपकराज गिरी प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ बनेका छन् । उनको यसपटकको प्रचण्ड शैलीलाई दर्शकले खुबै रुचाएका छन् । यस्तै, कलाकार ज्योती काफ्ले भने पूर्व प्रधानमन्त्री केपी ओलीको भेषमा छन् । केपी र प्रचण्डको दोहोरीले प्रज्ञा प्रतिष्ठान पुग्ने दर्शकलाई हाँस्न वाध्य बनाउँछ ।
कार्यक्रम संचलाक राजा राजेन्द्रको कमेडी उद्घोषण अर्को आकर्षण बनेको छ ।gaijatra in pragya (2) gaijatra in pragya (3) gaijatra in pragya (5)
शिवहरी पौडेल, किरण केसी लगायतको ‘म्यारिज ब्यूरो’ले भारत र चिनसँग नेपालको सम्बन्ध प्रष्ट्याउने कोशिश गरेको छ । गायक तथा संगीतकार टिका भण्डारीको ब्यङ्ग्यात्मक गीत होस् या कविताको माध्यमबाट हसाँउन माहिर शैलेन्द्र सिंखडाको ५ वटा विधेयक नै किन नहोस्, दर्शक पेट मिचिमिची हाँस्छन् । हाँस्य कलाकार मनोज गजुरेल यसपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको भेषमा छन् ।gaijatra in pragya (10) gaijatra in pragya (13) gaijatra in pragya (14)
गाइजात्रा हेर्नेहरुले गतबर्ष भन्दा यसपटकको प्रस्तुती रोचक भएको प्रतिक्रिया दिए । भदौ १८ गतेसम्म यो महोत्सव चल्नेछ । gaijatra in pragya (12) gaijatra in pragya (17)

तस्बिर: कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?