Comments Add Comment

करोड बढीले हेरे सुर्के थैली खै, बन्याे नयाँ रेकर्ड

Surke-Thaili-Khai चलचित्र ‘वडा नम्बर छ’को सुर्के थैलि खै …बोलको गीत युट्युब च्यानलमा एक करोड बढी दर्शकले हेरेका छन् । युट्युव च्यानलमा अहिलेसम्म भेटिए अनुसार सबै भन्दा धेरै हेरिएको पहिलो नेपाली गीत बनेको छ सुर्के थैलि खै… ।

यो संगीत यति धेरै चर्चित हुनुमा यसमा प्रयोग भएको शब्द, संगीत र स्वर हो जस्तो लाग्छ संगीतकार राजनराज शिवाकोटीलाई । ‘मैले लोप हुन लागेको भाकालाई संगीतमा समेटे एउटा कारण त्यो पनि हो’ अनलाइनखबरसँग कुरा गर्दै संगीतकार शिवाकोटीले भने ‘यसमा प्रयोग भएको शब्द, संगीत संयोजन सबै उत्कृष्ट थियो’ ।

हरेक गायक, संगीतकारको चाहना हुन्छ कि आफ्नो सिर्जना ऐतिहासिक दस्तावेज बनोस् । अहिले केहि हदसम्म त्यो चाहना पूरा भए जस्तो लागेको छ उनलाई । ‘एउटा सपना पुरा भयो तर, चुनौती बढेको अनुभव भइरहेको छ ।’ उनले भने ।

उनले यो गीतको सिर्जना आफ्नै गाउँ दोलखाको घरमाथि जंगलमा गरेका थिए । घर नजिकै चिटिक्क परेको बन छ । उनी अहिले पनि फुर्सद भयो भने त्यहि बनमा गएर शब्द लेख्छन् । नोटेशन बनाउँछन् ।

सुर्के थैलीमा संगीत गर्नु अघि पनि उनका थुप्रै गीत चर्चामा थियो । नेपाली संगीत बजारमा लोक तेहरीको परिकल्पना उनैले गरेका थिए भने उनका अन्य संगीतले राम्रै चर्चा पाएको थियो ।

बधाइका म्यासेज

बिहीबार बिहानैदेखि उनको फेशबुकको म्याजेस बक्समा बधाई दिनेहरको ताँती लागेको छ । एसएमएसको पनि ओईरो लागेकाे छ ।  ‘बिहानैदेखि शुभकामनाको शब्दहरु आइरहेको छ ।’ राजनराजले भने ।

सुर्के थैली खै हिट भइरहेको वेला उनकै संगीत रहेको अर्को गीत सार्वजनिक भयो, ‘पूर्व पश्चिम रेल । यो गीत पनि अहिले दर्शकले उत्तिकै मन पराएकोमा खुसी देखिए यी संगीतकार ।

मेरो चलचित्रका लागि संगीत गरिदिन पर्‍यो भन्नेहरु अहिले उनको सम्पर्कमा निकै छन् । गीतको कारण कामको चाप समेत बढेको धारणा राख्ने राजनराज जस्तो पायो त्यस्तै संगीत नगर्ने बताउछन् । सर्के थैलिमा राजनराज, अन्जु पन्त र राजु विश्वकर्माको स्वर  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment