Comments Add Comment

ब्रिक्स सम्मेलनमा नेपाललाई पनि निम्तो !

BRICS Youth Summit inaugural ceremony१४ भदौ, काठमाडौं । भारतमा हुन लागेको ब्रिक्स सम्मेलनमा नेपाललाई पनि निम्तो आउने सम्भावना देखिएको छ ।

उदयमान अर्थतन्त्र भएका पाँच देश चीन, भारत रसिया, दक्षिण अफ्रिका र ब्राजिलको समूह ब्रिक्सको सम्मेलन आगामी अक्टोबर १५ र १६ मा भारतमा हुँदैछ ।

र, यो सम्मेलनका क्रममा बिम्सटेकमा आवद्ध देशहरुलाई निम्तो दिने तयारी भइरहेको उच्च सरकारी स्रोतलाई उदृत गर्दै भारतीय पत्रिका इण्डियन एक्सप्रेसले जनाएको छ ।  बिम्सटेकमा भारतका साथै नेपाल, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड आवद्ध छन् ।

ब्रिक्स सम्मेलनको आयोजक भारतले बिम्सटेकको सट्टा सार्क देशहरुलाई निम्तो दिन सक्थ्यो । तर, पछिल्लो समय कश्मीर मुद्धालाई लिएर भारत र पाकिस्तानको सम्वन्ध तनावपूर्ण छ र पाकिस्तानलाई एक्ल्याउने प्रयास स्वरुप सार्कको सट्टा बिम्सटेक देशलाई बोलाउन खोजिएको हो ।

पाकिस्तानलाई एक्ल्याउने प्रयासमा उसले अर्को साता चीनमा हुने जी २० को बैठकमा पनि आतंकवादको मुद्धा उठाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment