Comments Add Comment

कलियुगको कुम्भकर्ण गाउँ, जहाँ मानिसहरु महिनौँसम्म सुत्दछन्

sleep-distrubरामायणमा कुम्भकर्ण भन्ने पात्र वर्षमा ६ महिना सुत्ने र ६ महिना जागा हुने गरेको कथा छ । यस्तो ६ महिने सुताई वास्तवमा पत्यार लाग्ने कुरा होइन ।

तर यो कलियुगमा समेत विश्वमा यस्तो गाउँ छ जहाँ एक जना मात्र होइन सबैजना कुम्भकर्ण छन् । कजाकिस्तानमा एउटा यस्तो गाउँ छ, जहाँ पुग्ने बित्तिकै जो कोहीलाई निद्रा लागिहाल्छ ।

यस्तो निद्रा केही दिन, केही महिना मात्र होइन केही वर्षसम्मको समेत हुनसक्छ । पछिल्लो ६ वर्षदेखि गाउँमा यस्तो सुत्ने महामारी फैलिएको छ ।

सन् २०१० मा यो गाउँका मानिसहरु एकाएक गहिरो निद्रामा परे । मानिसहरुलाई जुनसुकै बेला तथा जुनसुकै ठाउँ र काममा भएको भएपनि एक्कासी निद्रा आउन थाल्यो ।

निदाएका मानिसहरु कति केही दिनमै ब्युँझे पनि कतिलाई ब्युँझिनका लागि महिना र वर्षदिन सम्म लाग्यो ।

गाउँको त्यो रहस्यमय निद्राको कारण पत्ता लागेको छैन । सरकारले कारण पत्ता लगाउन नसकेर उल्टै गाउँलेहरुलाई गाउँ छाड्न अपिल गरेको छ ।

गाउँका ८ सय १० जना मानिसहरु मध्ये २ सय भन्दा बढिलाई निद्राको महामारीले समातिसकेको छ र यो संख्या अझै बढिरहेको छ ।

कचाली नामक उक्त गाउँको रहस्यमय निद्राको कारण खोतल्न विभिन्न खाले अध्ययन नभएका होइनन् । कतिपय शोधकर्ताहरुले कार्वन मोनोअक्साइड ग्यासका कारण मानिसहरुमा यस्तो कुम्भकणर्ी निद्रा आएको दाबी गरेका छन् ।

गाउँको वायुमण्डलमा सामानय भन्दा १० गुणा बढि कार्वन मोनोअक्साइड पाइएको छ र गाउँ नजिकै रहेको युरेनियम खानीबाट विषाक्त कार्वन मोनोअक्साइड ग्यास गाउँको वायुमण्डलमा आएको बताइउको छ । तर निद्राको खास कारण त्यो ग्यास नै हो भनेर ठोकुवा गर्न भने कसैले सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment