Comments Add Comment

क्रिकेटको समस्या समाधानका लागि आईसीसी गम्भीर, आइसीसी प्रमुख नेपाल आउँदै

Nepali-Cricket-Team१६ भदौं, काठमाडौं । पदाधिकारीबीचक आन्तरिक झगडा, दुई कार्य समितिबीचको आधिकारिकता विवाद पछिल्लो पाँच महिनायता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनलगायत कारणले लामो समयदेखि अन्यौलग्रस्त नेपाली क्रिकेटले चाँडै निकास पाउने सम्भावना देखिएको छ ।

घरेलु खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषदको पहलमा नेपाली क्रिकेटको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय जिम्मेवार निकाय आईसीसी गम्भीर देखिएको छ ।

त्यसका लागि आईसीसीको उच्चस्तरीय टोली आगामी आइतबार नेपाल आउने भएको छ । राखेपले गरेको पहलपछि आईसीसीका प्रमुख रिचर्डसनसहितको तीन सदस्यीय टोली नेपाल आउन लागेको आजको अन्नपूर्णमा समाचार छ ।

आईसीसीले राखेपलाई पठाएको पछिल्लो पत्रअनुसार आईसीसी टोलीमा प्रमुख कार्यकारी रिचर्डसनसँगै आईसीसीमा एसोसिएट्स सदस्य राष्ट्रहरूका अध्यक्ष इमरान ख्वाजा र आईसीसी अधिकारी अमर शेख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment