Comments Add Comment

विद्यालयको पर्खाल भत्किँदा गर्भवतीको मृत्यु

१६ भदौ, गौशाला । महोत्तरी जिल्लाको पिपरा गाविसमा गएराति एक बोर्डिङ स्कुलको पर्खाल भत्किँदा किचिएर एक गर्भवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पिपरा–१ बस्ने विनोद धनकारकी पत्नी २५ वर्षीया रञ्जुदेवी धनकार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महिला धनकार गएराति ८ बजेको समयमा घर नजिकै रहेको आश बोर्डिङ स्कुलको छेउमा रहेको धाराबाट पानी लिएर आउँदै गर्दा अचानक स्कुलको पर्खाल भत्किँदा किचिएर उनको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

स्कुलको पर्खालमा किचिएर घाइते भएकी महिला धनकारलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment