१८ भदौ, काठमाडौं । गोरखा सामागाउँ ५ का मिङ्मार लामा साउन २६ गते गाउँको गन्नेमान्ने पाँच जनाका साथमा तिब्बतको कोङदाङ सहर गए ।
अघिल्ला वर्षहरूमा जस्तै त्यहाँको सरकारका प्रतिनिधि -स्याङताङ) भेटेर सीमानाका खुलाइदिन आग्रह गरे । हरेक वर्ष यार्सागुम्बा टिपिसकेपछि खुल्ने नाका यस वर्ष खुल्न ढिला भइसकेको थियो । स्याङ्तालङले भदौ १० गतेभित्र नाका खुलाउने निर्णय गरी टेलिफोन गर्ने वचन दिए । नभन्दै भदौ १० गतेदेखि सामागाउँको रूइला नाका १५ दिनको लागि खुल्यो ।
एक वर्षदेखि बन्द रहेको नाका खुल्दा खुसी भएका सामागाउँ, ल्हो, प्रोक र बिहि गाविसका एक हजार घरधुरीका बासिन्दा बाँध फुटेपछिको खोलाझै गोठमा रहेका याक, नाक, झोपा लर्कन लिएर तिब्बततिर जान थाले ।
मिङ्मारको टोली बिहीबार बिहान खाजा खाएर साढे ६ बजेतिर याक, चौरी, झोपा धपाउँदै कोङ्दाङ हिँडे । उनका साथमा गाउँका २२ जनाको टोली थियो । हाट बजारमा उनीहरुले आफूहरुलाई आवश्यक पर्ने सरसामान किने ।
चीन सरकारले नेपालको बोर्डरसम्म रोड बनाएको छ ।
प्रतिक्रिया 4