+
+
Shares

बंगलादेशका वरिष्ठ नेतालाई फाँसी

युद्ध अपराध गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १९ गते ८:२३

mir_quasem१९ भदौ, काठमाडौं । बंगलादेश सरकारले देशको सबैभन्दा ठूलो पार्टी जमात ए इस्लामीको एक नेतालाई फाँसी दिएको छ ।

युद्ध अपराधको आरोपमा नेता मीर कासिम अलीलाई फाँसी दिइएको हो । अली देशका ठूला उद्योगपतिहरुमध्येका एक हुन् ।

युद्ध अपराधको आरोपमा फाँसी दिइएका अली बंगलादेशका छैटौं ठूला नेता हुन् ।

हालको सरकारले गठन गरेको एक विशेष अपराध न्यायालयले अलीले ४५ वर्ष अघि बंगलादेशको स्वतन्त्रताको लडाईंमा युद्ध अपराध गरेको ठहर गरेको थियो ।

अलीलाई दोषी ठहर्‍याउँदै अदालतले फैसलामा भनेको थियो- उनको नेतृत्वमा पाकिस्तानी सेनाका समर्थकहरुले चिटगाउँमा कत्लेआम गरेका थिए ।

पूर्वी पाकिस्तान सन् १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेश बनेको थियो ।

हालको सरकारका आलोचकहरुले राजनीतिक विरोधीहरुलाई अन्त्य गर्न सरकारले अदालतको सहारा लिएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री शेख हसीना नेतृत्वको सरकारले युद्ध अपराधीहरुलाई सजायँ दिएर देशलाई आफ्नो इतिहाससँग न्याय गर्न मद्दत मिल्ने दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?