Comments Add Comment

विद्रोहीलाई समाप्त गर्न गोर्खा सैनिक लैजाने फिलिपिन्सका राष्ट्रपतिको योजना

फिलिपिन्सका राष्ट्रपति रोड्रोगो डुटेर्ते

२० भदौ, काठमाडौं । लागूऔषध तस्करमाथि कडा रबैया अपनाइरहेका फिलिपिन्सका राष्ट्रपति रोड्रोगो डुटेर्तेले विद्रोही समूह अबु सायाफलाई समाप्त पार्ने योजना अघि सारेका छन् । र, यसका लागि गोर्खा सैनिकको सहयोग लिन पनि तयार रहेको बताएका छन् ।

७१ वर्षीय डुटेर्ते फिलिन्सिको राष्ट्रपति बनेका छन् । देशको इतिहासमा सबैभन्दा पाको राष्ट्रपति बनेका उनलाई अहिले ‘द पनिसर’ अर्थात ‘सजाय दिने व्यक्ति’ भनेर समेत चिनिन्छ ।

राष्ट्रपति भएलगतै उनले लागूऔषध तस्करविरुद्ध युद्ध नै छेडे । संसदलाई सम्बोधन गर्दै उनले प्रहरीलाई लागूऔषध प्रयोगकर्ताविरुद्धको कारबाहीलाई दोब्बर बनाउन निर्देशन दिए ।

जसको असर सडकमा देखियो । लागूऔषध प्रयोगकर्ताको नाममा एक महिनामा झण्डै ३०० मानिस मारिए ।

अब उनले विद्रोही समूह अबु सायाफलाई समाप्त पर्ने बताएका छन् । र, मन्त्रिपरिषदको सुरक्षा क्लस्टरका सदस्यहरुलाई भेटेर गोर्खा सैनिक लैजानेबारे छलफल गरेको मनिला बुलेटिनले कृषि सचिवलाई उद्धृत गर्दै लेखेको छ ।

समाचारमा जनाइएअनुसार कृषि सचिव इमानुयल पाइनो सुरक्षा बैठकमा सहभागी थिए । उनले राष्ट्रपतिको भनाइ उदृत गर्दै भनेका छन्, ‘यदि अबु सायाफसँग लड्न गोर्खाहरुले हामीलाई सहयोग गर्छन् भने म त्यो गर्न तयार छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment