नायिका रेखा थापा चलचित्रको पर्दामा अब खल-नायिका बन्ने भएकी छिन् । भदौ २६ गतेबाट छायांकनमा जाने चलचित्र ‘डायरी’मा रेखाको नयाँ भूमिका देखिन लागेको हो ।
चलचित्रमा रेखा थापा, छुल्ठिम गुरुङ, सन्नी सिंह मुख्य भूमिकामा देखिनेछन् । साथमा राजु लामा, कुशल विष्ट, दीनेश डीसी, रुपा राना, विनोद पौडेल, पिटर तमाङ चलचित्रमा देखिनेछन् ।
अनिल योञ्जनले निर्देशन गर्ने चलचित्रलाई छेतन गुरुङले लेखेका हुन् । प्रेम र बदलाको कथामा बन्ने यो चलचित्रमा मित्रता, खुशी, अमर मायाँको चित्रण गरिनेछ ।
चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, स्वप्निल शर्मा, इमान विक्रम शाह, मनास राजको संगीत रहनेछ । साथमा चलचित्रमा अनिल योञ्जन र छुल्ठिम गुरुङको लगानी, प्रविण श्रेष्ठको सम्पादन रहने कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रममा बोल्दै नायिका तथा निर्मात्री छुल्ठिम गुरुङले ‘नोभेम्बर रेन’बाट आफूले ‘डल्ली’को भूमिका गर्दा धेरै माया पाएको भन्दै यसमा भने फरक भूमिकामा काम गर्न लागेको बताइन् । चलचित्रमा छुल्ठिम ‘जोया’को भूमिकामा देखिदैछिन् भने रेखा ‘रानी’को भूमिकामा देखिदैछिन् ।
प्रतिक्रिया 4