+
+
Shares

जेष्ठ नागरिक महोत्सव विराटनगरमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २१ गते १८:०१

Bharatmohan-Adhikari

२१ भदौ, विराटनगर । देशभरका वृद्ध वृद्धालाई एकै थलोमा भेला गराई विराटनगरमा जेष्ठ नागरिक महोत्सव आयोजना गरिने भएको छ ।

तीन वर्ष अघि काठमाडौंमा पहिलो पटक जेष्ठ नागरिक महोत्सव भएको थियो । आगामी असोज १७ गते महोत्सव गर्ने तयारी भइरहेको मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले जानकारी दिए ।

महोत्सवको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गराउने योजना छ । ‘हामीले देशभरका २ हजार वृद्धवृद्धालाई महोत्सवमा सहभागी गराउँछौ । त्यसको संयोजनका लागि सबै क्षेत्रबाट हामीलाई सहयोगको प्रतिवद्धता आएको छ,’ पूर्व अर्थमन्त्री समेत रहेका अधिकारीले भने, ‘कार्यक्रमका लागि चन्दा सबैसँग लिन्छौं ।’

दुई दिनसम्म चल्ने महोत्सवमा हरेक जिल्लाबाट सहभागी हुने जेष्ठ नागरिकहरु मध्ये सबैभन्दा बढी उमेर भएकालाई सम्मान समेत गरिनेछ ।

महोसत्वमा वृद्ध-वृद्धालाई राष्ट्रले के गरेको छ ? के गर्नु पर्छ ? र परिवारले के गर्नुपर्छ भन्ने विषयमा बहस समेत चलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?