२२ भदौ, काठमाडौं । सेकुवाका पारखीहरुले बाजेको सेकुवाको स्वाद अब काठमाडौंको गोङ्गबु शाखाबाट पनि लिन पाउने भएका छन् । बाजेको सेकुवाको आउलेट शाखा गोङ्गबुमा बुधबारबाट सुरु भएको छ ।
बाजेको सेकुवाको यो नयाँ शाखा काठमाडौं उपत्यकामा चौथो र समग्रमा छैठौं हो ।
बाजेको सेकुवाका फ्रान्चाइजहरु बाजेको भेन्चर नामक कम्पनी अन्तर्गत छ । बाजेको सेकुवाले पहिलो फ्रन्चाइज २०७१ जेठमा पोखराको नागढुंगामा खोलेको थियो ।
२०६० सालमा बाजेको सेकुवाले संस्थागत रूप लिएको थियो । अहिले बाजेको सेकुवाका एउटा फुडकोर्ट, ५ मदर कम्पनी र ४ फ्रेन्चाइज गरी १० वटा शाखा छन् ।
बाजेको सेकुवाले हालैमात्र कीयोस्क मोडेलको आउटलेट ललितपुरको लाबिम मलमा गत वैशाखदेखि सञ्चालनमा ल्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4