+
+
Shares

सातवटै प्रदेशमा उपभोक्ता अदालत र प्रादेशिक विश्वविद्यालय

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २३ गते १३:२९

२३ भदौ, काठमाडौं । सरकारले सातवटै प्रदेशमा उपभोक्ता अदालत र प्रादेशिक  विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको छ । सरकारले तत्काल चितवनको शक्तिखोरमा प्राविधिक विद्यालय स्थापना गर्ने घोषणासमेत गरेको छ ।

Consumer-Protectionविहीबार व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपभोक्ताहरु अन्याय पर्दा सुनुवाइ गर्ने संयन्त्र नभएको भन्दै सबै प्रदेशमा एक-एक वटा उपभोक्ता अदालत बनाउने घोषणा गरेका हुन् ।

यसैगरी उनले बजारमा आपूर्ति व्यवस्था सहज गर्न राष्ट्रिय आपूर्ति कम्पनी स्थापना गर्ने घोषणा पनि गरे । प्रधानमन्त्री प्रचण्डले नेपालमा उत्पादन हुने, धान, मकै, गहुँ, उँखु लगायतका खाद्य पदार्थको समर्थन मूल्य समय तोक्ने बताए ।

खाद्यान्न मौज्दातका लागि खाद्य संस्थान, साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङलाई जिम्मा दिइने उनले बताए ।

यसैबीच सरकारले प्रत्येक प्रदेशमा एक-एक वटा प्रादेशिक  विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेको छ ।  चितवनको शक्तिखोरमा सहिद स्मृति पोलिटेक्निक इन्स्टीच्युट स्थापना गर्ने प्रचण्डले घोषणा पनि गरे । शक्तिखोरमा माओवादीको तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन थियो ।
यसैगरी सरकारले सामुदायिक विद्यालयबाट ०७२ सालमा एस्एलसी ए प्लस अंक ल्याई हाल सामुदायिक माविमै अध्ययनरत छात्राहरूलाई सम्बन्धित गाविसमार्फत् एकमुष्ठ पाँच हजार प्रोत्साहन छात्रावृत्ति दिने भएको छ ।

अनुमति प्राप्त गरी निजी स्रोेतमा सञ्चालित सामुदायिक विद्यालयलाई नक्साङ्कनका आधारमा यसै वर्षदेखि क्रमशः स्थायी दरवन्दी दिई स्वीकृति प्रदान गर्दै लगिने प्रधानमन्त्रीले बताए । सबै जिल्ला शिक्षा अधिकारी र प्रधान अध्यापकबीच कार्यसम्पादन करार गरिने  पनि घोषणामा उल्लेख छ  ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?