२५ भदौ, काठमाडौं । सगरमाथा, विश्वकै शीर । प्रकृतिको अनपम उपहार र अद्वितीय हिम श्रृङ्गारले सबैको ध्यान खिच्न समर्थ बनेको क्षेत्र हो यो । त्यसैले यही सगरमाथा वरपर टहलिएर जीवनलाई सारभूत र आनन्दमय बनाउन विश्वभरबाट यहाँ पर्यटकहरु आइपुग्छन् ।
त्यसैले नेपाल आउने पर्यटकको प्रमुख रोजाइमा पर्ने स्थान हो, सगरमाथा राष्टिय निकुन्ज अर्थात सगरमाथा पदयात्रा । यहाँ वर्षेनी हजारौंको संख्यामा पर्यटक आउने गर्दछन गर्छन् यो पदयात्रामा । कोही सगमराथा आरोहणका लागि भने त कोही सगरमाथाको आधार शिवीरसम्म यात्रा गरेर र्फकनका लागि ।
आँखै अगाडी विश्वको सर्बोच्च शिखर सगरमाथा उभिएको हेर्नका लागि सबैभन्दा उपयुक्त स्थल हो, पदयात्राकै क्रममा पुगिने ‘काला पत्थर’ ।
कालापत्थरबाट नेपाल लगायत चीनतर्फका हिमश्रृंखला देख्न सकिन्छ । तर कालापत्थरमा हिमालहरु बारेको कुनै जानकारी नराखिएका कारण कुन हिमाल, कुन देशमा पर्दछ भन्ने समेत एकीन गर्न भने गाह्रो हुन्छ ।
सगरमाथा पदयात्राको सुरुवात हुन्छ, काठमाडौं लुक्ला हवाई यात्रा पश्चात । लुक्लालाई सगमारथाको प्रवेशद्वार भन्दा हुन्छ । अधिकांश पर्यटक तथा आरोहीहरु यही ठाउँ भएर जाने गर्छन् ।
समुन्द्री सतहबाट २ हजार ९ सय मिटर उचाइमा रहेको लुक्ला पर्यटकहरुलाई ‘हाई अल्टिच्यूड’ लाग्ने सम्भवाना भएका कारण पहिलो दिनको बास बस्ने स्थान हो ।
लुक्लादेखि यात्रा शुरु भएपछि देास्रो दिनको बासस्थानका रोजाइमा फाक्दिग पर्छ । विस्तारै उकालो लाग्दै गएपछि पुगिन्छ नाम्चे बजार । सगरमाथा आउने पर्यटकलाई सुविधा सम्पन्न होटल तथा लजहरु लुक्ला र नाम्चे छन् । जहाँ पर्यटकहरु पदयात्रा गर्दा वा पदयात्रा पश्चात र्फकंदा आरम गर्छन् ।
नाम्चे पछिको बसाइ हो, त्याङ्गबोचे । यो क्षेत्रमा सगरमाथा पदयात्राको सबैभन्दा महत्वपूर्ण त्याङ्गबोच गुम्बा रहेको छ । समुन्द्री सतहबाट ३ हजार ९ सय मिटर उचाइमा रहेको त्याङ्गबोचबाट विभिन्न हिमालसहित सगरमाथा समेत देख्न सकिन्छ । गुम्बा करिब सन १९१५ तिर निर्माण गरिएको भन्ने भनाइ रहेको छ ।
त्याङ्गबोचको बास पछिको देङ्गबोचे पुगिन्छ । यो स्थानबाट विश्वकै सबैभन्दा सुन्दर मानिएको आमादब्लमा हिमाल आँखै अगाडि देख्न पाइन्छ । समुन्द्री सतहबाट ४ हजार ४ सय मिटर उचाइमा रहेको यो स्थानबाट लोत्से, आमादब्लम, थामासेर्कु र तोबुचे लगायतका हिमाक हेर्न सकिन्छ । पर्यटकलाई ‘अल्टीच्यूड’ लाग्ने भएका कारण यो स्थान केही दिन आरमगर्ने स्थानका रुपले समेत प्रख्यात छ ।
देङ्गबोचको हिडेपछी पर्यटकहरुको अन्तिम बास स्थान हो गोरखसेप । गोरखसेप भन्दामाथि पर्यटकहरुका लागी बास बस्न होटलको सुविधा छैन । यदी बास बस्नु परेमा आफैं व्यवस्थापन गर्नु पर्छ । यो समुन्द्री सतहबाट ५ हजार १ सय ९० मिटर उचाइमा छ ।
यो स्थान सगरमाथाको आधार शिविर र कालापत्थर जाने दोबाटो पनि हो । कालापत्थर जानका लागि यहाँबाट ४ उकालो लाग्नु पर्छ । जुन समुन्द्र सतहबाट ५ हजार ५ सय ५५ मिटर उचाइमा रहेको छ ।
यो स्थान नै विश्वको सर्वोच्च शिखर हेर्न उपयुक्त स्थल हो । कालापत्थरबाट ३६० डिग्रीमा हिमालहरु हेर्न सकिन्छ । तर कुन हिमाल हो भनेर कुनै पनि जानकारी नराखिँदा पर्यटकहरु अलमलमा समेत पर्ने गर्छन् ।
गोरखसेपबाट ४ घण्टामा पुग्न सकिन्छ सगरमाथाको आधार शिविर । सगरमाथा आरोहीको लागि यो सबैभन्दा महत्वपूर्ण र उद्गम स्थल हो । पर्यटकीय मौसम तथा आरोहणको समयमा यो स्थानमा पाल राख्ने ठाउँ पाउन पनि मुस्किल पर्छ ।
सगरमाथा पदयात्रा तथा आरोहणका लागि यो क्षेत्रमा वर्षेनी हजारौं पर्यटक पुग्छन् । पर्यटकबाट करोडौं रुपैयाँ राज्यले आम्दानी समेत गर्छ ।
सरकारले पर्यटकका लागि आवश्यक सामान्य पूर्वाधार समेत बनाउन नचाहेको गुनासो गर्छन् नाम्चेका ब्यवसायी पासाङ्ग तेरसीग शेर्पा ।
लुक्लाका पर्यटन ब्यवसायी आङ्गटासी शेर्पा भन्छन्-‘पर्यटकलाई चाहिने सामान्य सूचना समेत छैन भने अरुको त के कुरा गर्ने ? पदमार्गमा चिन्हहरु समेत नराखिँदा पर्यटकले विभिन्न सास्ती भोग्ने गरेका छन् ।
प्रतिक्रिया 4