
२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा ७० अधिकृत पदमा जागिर खुलेको छ । सोमबार एक विज्ञापन प्रकाशित गर्दै महानगरपालिकाले विभिन्न समूहमा अधिकृतहरुको माग गरेको हो ।
महानगरले एकैपटक ५६ जना अधिकृत मागेको भने लेखा समूहमा एक जना मात्रै माग गरेको छ । राजस्व समूहमा ३, र प्राविधिकतर्फ १० अधिकृतका लागि महानगरमा जागिर खुलेको छ । प्रशासनतर्फ मागिएको ५६ अधिकृतमध्ये ३० जनाले खुला प्रतिस्पर्धा गर्नेछन् । बाँकी विभिन्न समावेशी कोटाबाट नियुक्त हुनेछन् ।
परीक्षामा सहभागी हुन स्नातक पास गरेको तथा २१ वर्ष पूरा भई ३५ वर्ष उमेर ननाघेको हुनुपर्छ । महिलाको हकमा भने ४० वर्ष उमेर हद छ भने प्राविधिक पदका लागि ४५ वर्ष सम्मको उमेर हद तोकिएको छ ।
विज्ञापन हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4