Comments Add Comment

पाकिस्तानको मस्जिदमा आत्मघाती विष्फोट, २३ को मृत्यु

PakistanSucide-Attack३१ भदौ, काठमाडौं । पाकिस्तानको कबायली क्षेत्रको एक मस्जिदमा आत्मघाती बम आक्रमण हुँदा २३ जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार अफगानिस्तानको सीमा नजिक बटमान गाउँको मस्जिदमा आक्रमण भएको हो । शुक्रबारको नमाज (प्रार्थना) चलिरहेका बेला बम विष्फोट भएको डन समाचार एजेन्सीले जनाएको छ ।

मस्जिदमा प्रार्थना भइरहेका बेला आत्मघाती आक्रमणकारीले आफूले आफैलाई विष्फोट गराएका थिए ।

घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका छन् । घाइतेहरुलाई उपचारका लागि नजिकको अस्पतालमा पठाइएको समाचारमा उल्लेख छ ।

तस्वीरः डन समाचार एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment