Comments Add Comment

प्रचण्डलाई भारतीय नेताले ‘अब तपाई नै नेता हो’ भनेको सुनेंः चक्रपाणि

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन् - ' मधेसबारे खासै छलफल भएन'

Prachand-and-Chakrapani-Khanal-Baldev१ असोज, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणि खनाल (बलदेव) ले भारतीय नेताहरुलाई उधृत गर्दै अब प्रचण्डले नै नेपालको नेतृत्व गर्न सक्ने बताएका छन् । 

दिल्लीस्थित ताज होटलमा अनलाइनखबरसँग छोटो प्रतिक्रिया दिँदै खनालले नेपालको आन्तरिक राजनीति र दुई देशबीचको सम्बन्धलाई सुधार्न सक्ने सक्षम नेता प्रचण्ड नै भएको कुरा  भारतीय नेताहरूले महत्पूर्णरुपमा राखेको दाबी गरे ।

मधेस लगायतका विषयमा भने भारतसँग यस्सो सामान्य कुरामात्रै भएको बताउँदै भारतले माइक्रोम्यानेजमेन्ट नगरेको खनालले अनलाइखबरलाई बताए । 

खनालसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

तपाई पनि प्रधानमन्त्रीसँगै दिल्ली आउनुभएको छ, यो भ्रमण कस्तो लाग्यो त ?

हामीले पहिल्यै नै हाम्रो पार्टी र सरकारले भनेको कुरा के हो भनेदेखि यो सदभावपूर्ण भ्रमण नै हो । यसलाई धेरै अन्यथा सोच्न पनि जरुरी छैन । भारतले नाकाबन्दीपछि नेपाली जनतासम्म चिसिएको सम्बन्ध थियो, त्यसलाई अलिकति नयाँ तरिकाले सम्बन्धलाई सुधार्नेतिरै हो अहिलेको भ्रमण जस्तो लाग्छ मलाईं ।

तपाईहरुले भारतीय पक्षसँग के कस्ता कुराहरु राख्नुभयो ?

विगतमा भएका सहमतिका हिसाबले जेजति सहमतिहरु भएका छन्, तिनलाई कार्यान्वयनको फेजमा लैजानुपर्छ भन्ने अहिले करिब करिब सबै मिटिंगमा राख्ने काम भएको छ । तपाईहरुले कमसेकम पनि पञ्चेश्वरदेखि लिएर अपर कर्णालीका कुराहरु छन्, अरुणका कुराहरु छन्, यी सबैलाई अब कार्यान्वयन गर्ने कसरी हो ? भारतसँग सम्झौता त धेरै नै भए, सहमतिहरु गरिए । तर, कार्यान्वयनको तहमा जान नसक्नुका पछाडिको कारण नेपाल हो कि ? तपाईहरु हो कि ? अब कसले हो यसलाई कार्यान्वयन गर्ने ? यी विषयमा निकै कुराहरु उठेका छन् । यताबाट हेर्दा भ्रमणचाँहि मलाई लाग्छ, जति आशा गरिएको थियो, त्योचाहिँ भएको छ भन्ने मलाई लाग्छ ।

भारतीय नेताहरुले नेपालका वामपन्थी प्रधानमन्त्री प्रचण्डलाई कुन रुपमा लिए ?

भारतीय नेताहरु सबैले छलफल बहसमा अलिकति अहिलेको पोलिटिक्सलाई मिलाएर नेपालको स्थिति र भारतको सम्बन्धलाई पनि सबैलाई मिलाएर लान सक्ने एउटा तपाई हो लिडर भनेर भनेका छन् । अलि महत्वपूर्ण ढंगले भनेको मैले सुनेको हुँ ।

मधेस र आन्तरिक राजनीतिका बारेमा भारतीय नेताहरुले केके भने ?

मधेसको कुरा पनि नभएको त हैन, सामान्य अर्थमा यस्सो उठेको छ । मधेस भनेर भनिएको छैन । अब संविधानका असन्तुष्ट पक्षहरुलाई पनि समेटेर लैजाँदा राम्रो हुन्छ भन्ने तहसम्म त यस्सो सामान्य कुरा त हुने भो, तर त्यो एजेण्डामा त्यति छलफल भएको छैन ।

उसोभए यसपालि भारतीयहरु माइक्रो म्यानेजमेन्टतिर नलागेकै हुन् त ?

अहिले नलागेकै हुन् भन्नुपर्छ यसलाई । त्यो देखिएन । ठीक पनि हो । आन्तरिक मामिलामा त्यसरी लाग्नु पनि हुँदैनजस्तो लाग्छ मलाई ।

यो भ्रमणलाई सफल भयो भन्दा हुन्छ ?

मलाई लाग्छ भ्रमण सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment