+
+
Shares

ताप्लेजुङमा स्थानीय तहको खाका तयार

रविन भट्टराई रविन भट्टराई
२०७३ असोज १ गते १४:११

Taplejung१ असोज, ताप्लेजुङ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले ताप्लेजुङमा ८ ओटा स्थानीय तह बनाउने प्रस्ताव तयार पारेको छ ।

आयोगले तोकेअनुसारका जिल्लालाई एक नगरपालिका र सात वटा गाउँपालिका गरी आठ स्थानीय बनाउन सिफारिस गरेको स्थानिय पुनर्संरचना प्राविधिक समितिका संयोजक केशव प्रसाद भट्टराईले बताए ।

पहिले नै रहेको ताप्लेजुङ नगरपालिकामा हाङ्देवा र फुरुम्बु गाविसलाई मिसाउन सिफारिस गरिएको छ ।

तर, प्रमुख दलहरु सन्तुष्ट देखिएका छैनन् र, नेकपा एमाले, माओवादी केन्द्र र साना दलहरुले संख्यामा सहमति जनाएका छन् भने नेपाली कांग्रेसले ११ स्थानीय तह बनाउनु पर्ने बताएका छन् ।

स्थानिय पुनर्संरचना प्राविधिक समितिले तयार पारेको खाका

क्र.सं नाम गाविस केन्द्र
१, ताप्लेजुङ नगरपालिका फुङ्लिङ, दोखु, हाङ्देवा, फुरुम्बु फुङ्लिङ
२, सिदिङ्मा फावाखोला, सादेवा, आङ्खोप, साप्लाखु, मेहेले, लिम्बुदिन, सुरुम्खिम । साप्लाखु
३, श्रीजंगा याम्फुदिन, खेवाङ्, मामाङ्खे, पेदाङ्, तेल्लेक, आम्बेगुदिन, सिनाम, सिकैचा गाविसको १ देखि ८ वडा सम्म । तेल्लोक
४, फावाखोला थुम्मेदिन, चाक्सिबोटे, डुमि्रसे, फावाखोला, तिरिङ्गे, थेचम्बु, नाङ्खोल्याङ, सिकैचाको ९ वडा । थेचम्बु
५, तमोरखोला वा फक्तालुङ लिङ्खिम, तापेथोक, लेलेप, ओलाङ्चुङ्गोला, ईखाबु, खेजेनिम, सावादिन, खोक्लिङको ७ र ८ वडा । सिवा
६, मेवाखोला खोक्लिङ १, ६ र ९ वडा, लिवाङ, सावा, पापुङ्, नाल्बु, थुकिमा र लिङ्तेप । थुकिमा
७, मिल्के जलजले खाम्लुङ्, सान्थाक्रा, थिङ्लाबु, फाकुम्बा, र साँघु थिङ्लाबुको ओख्रे डाँडा
८, आठराई ढुङ्गेसाँघु, चाँगे, हाङ्पाङ, फुलबारी र निगुरादिन । हाङ्पाङ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?