Comments Add Comment

पूर्वराष्ट्रपति डा.यादव उपचारको लागि आज अमेरिका जाँदै

Rambaran-Yadav२ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव उपचारका लागि आज अमेरिका जाँदै छन् ।

अमेरिकाको हेनरी फोर्ड अस्पतालमा यादवको आगामी असोज १० मा ट्युमरको शल्यक्रियाका हुने छ ।

पूर्वराष्ट्रपतिको सचिवालयले शनिबार विज्ञप्ति जारी गरी चिकित्सकले प्रोस्टेट ट्युमर -क्यान्सर) लाई जतिसक्दो चाँडो सुरक्षित रूपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको रायअनुसार यादव अमेरिका प्रस्थान गर्ने जनाएको छ ।

अघिल्लो महिना भारतमा स्वास्थ्य परीक्षण गराउँदा उनको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो ।

पूर्वराष्ट्रपतिको उपचारका लागि सरकारले आर्थिक एवं प्रशासनिक सहयोग गर्नेछ ।

पूर्वराष्ट्रपति डा. यादवको उपचारका लागि सरकारले पेश्की स्वरूप ६० लाख उपचार खर्च उपलब्ध गराएको छ । र, यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ । चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ ।

सरकारले पूर्व राष्ट्रपति डा.यादवलाई ६० लाख उपचार खर्च बाहेक जाने-आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता पनि दिनेछ । साथै उनका तीन जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने सरकारको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment