Comments Add Comment

ओप्पोको सफलताः शून्यबाट यसरी बन्यो पाँच वर्षमै विश्वकै चौथो ठूलो स्मार्टफोन निर्माता

oppo_smartphones-logo
काठमाडौं । स्मार्टफोन बजार यति प्रतिस्पर्धी बनिसकेको छ कि, हरेक बर्ष यो क्षेत्रमा नयाँ-नयाँ खेलाडी आउँछन् र त्यति नै ठूला भनिएका खेलाडीहरु नराम्रोसँग हार्न पुग्छन् ।

कुनैबेला स्मार्टफोनको अग्रणी मानिएको एप्पललाई सामसुङले चुनौती दियो । तर, पछिल्ला दुई बर्षयता स्मार्टफोनको केन्द्र अमेरिका वा दक्षिण कोरिया नभई चीन बन्न पुगेको छ । जहाँबाट एकसेएक उच्च क्षमता र आर्कषक डिजाइनका एन्ड्रोइड स्मार्टफोनहरु बिश्वब्यापी प्रतिस्पर्धामा आइरहेका छन् ।

पछिल्लोपटक सबैभन्दा चमत्कारिक सफलता हात पारेको छ- चीनबाट उदाएको ग्लोबल स्मार्टफोन ब्राण्ड ‘ओप्पो’ले । सन् २०११ बाट मात्र स्मार्टफोन बनाउन थालेको ओप्पो पाँच बर्षको अबधिमै बिश्वको चौथो र चीनको दोस्रो ठूलो स्मार्टफोन उत्पादक बन्न सफल भएको छ ।

आइडीसी नामक बजार अनुसन्धान संस्थाका अनुसार जुन महिनाको अन्त्यसम्म आइपुग्दा ओप्पो मोबाइल संसारकै चौथो ठूलो स्मार्टफोन उत्पादक बन्न सफल भएको छ । अघिल्लो बर्षको तुलनामा ओप्पोको बिक्रि १३६ प्रतिशतले बढेको छ । दक्षिणी पूर्वी एशियाली क्षेत्रमा ओप्पो सामसुङपछि दोस्रो स्थानमा रहेको छ ।
OPPO-smartphone-1
भारत, चीन, अष्ट्रेलिया, अमेरिका, बंगलादेश, इण्डानेसिया, पाकिस्तान, श्रीलंका लगायतका करिव २० वटा मुलुकमा बिक्रि भइरहेको ओप्पो सन् २००१ मा दर्ता भएको कम्पनी हो जसले सुरुवाती बर्षहरुमा एमपी थ्री प्लेयरहरु बनाउने गर्दथ्यो । सन् २००८ बाट फिचर फोन बनाउन सुरु गरेको ओप्पोले २०११ मा पहिलो स्मार्टफोन निर्माण गरेको थियो ।

त्यसयता निरन्तर आक्रामक बनिरहेको ओप्पोले एकपछि अर्को गर्दै सफलता हात पारिरहेको छ । आन्तरिक बजारमा उसले चिनियाँ कम्पनी साओमीमात्र हैन, एप्पल र सामसुङजस्ता ठूला अन्तर्राष्ट्रिय खेलाडीलाई पनि पछारिसकेको छ । चिनियाँ बजारमा एप्पल पाँचौं स्थानमा खुम्चिएको छ ।

ओप्पोले अगष्ट पहिलो साता १६ मेगापिक्सेलको सेल्फी क्यामेरायुक्त ‘एफवान एस’ मोडल सार्वजनिक गरेको थियो ।

Oppo mobile (9)
सेल्फी क्रान्तिमा गुणस्तरीय तस्वीरका लागि ओप्पोको यो सेट युवापुस्तामाझ लोकपि्रय हुने कम्पनीको दावी छ । यो सेट नेपालमा पनि सार्वजनिक भएर विक्री सुरु भइसकेको छ ।

सवैभन्दा महत्वपूर्ण कुरा के भने, एप्पल र सामसुङका पि्रमियम फोनभन्दा गुणस्तरीय सेल्फी क्यामेरा भएको यो फोन मध्यमस्तरीय मूल्यमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य ३२ हजार ३ सय ९० रुपैयाँ रहेको छ ।

सेल्फीमा ब्युटीफाइ फिचर ल्याउने ओप्पो पहिलो स्मार्टफोन पनि हो । सन् २०११ मा सार्वजनिक भएको यु७०१ फोनमा उसले पहिलोपटक ब्युटिफाई फिचर ल्याएको थियो, जुन निकै लोकपि्रय बन्यो । अहिले मुलधारका एन्ड्रोइड फोनमा सेल्फी ब्युटिफाइ फिचर अनिवार्यजस्तै मानिन्छ ।
Oppo-Smartphone
स्मार्टफोनको पछाडीतिरको क्यामेराभन्दा अगाडितिर रहने सेल्फी क्यामेरा कम क्षमताको राख्ने स्मार्टफोनको अघोषित नीतिमा ओप्पोले बदलाव ल्याइदियो । सेल्फी तस्वीरको परिभाषालाई पुनः परिभाषित गर्न ओप्पोले राम्रो क्वालिटीको फ्रण्ट क्यामेरा राख्नुका साथै अझ गुणस्तरीय बनाउन यो क्षेत्रका क्यामेरा उत्पादकहरुसँग मिलेर पनि काम गरेको छ । १६ मेगापिक्सेलको सेल्फी क्यामेरासहित सार्वजनिक एफवान प्लसले बिश्वको उन्नत सेल्फी क्यामेराको रुपमा प्रसंसा पाएको थियो ।

‘उपभोक्ताको चाहना के हो भन्ने बुझेर हामी जहिले पनि प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढेर फिचर दिइरहेका हुन्छौं’ ओप्पोका अन्तराष्ट्रिय मोबाइल बिजनेस प्रबन्ध निर्देशक स्काई लिले भने । लिले भनेजस्तै ओप्पोले सेल्फी फिचरमा जहिले पनि नयाँ-नयाँ रेकर्ड ब्रेकिङ फिचर ल्याइरहेको हुन्छ ।

पछिल्लो समयमा आक्रामक बनिरहेका एन्ड्रोइड फोनहरु केवल हार्डवेयरमा मात्र फोकस भइरहेका छन् । तर, ओप्पोले आर्कषक फोन बनाएरमात्र नपुग्ने बरु भरपर्दो सफ्टवेयर पनि दिनुपर्नेमा जोड दियो । ओप्पोको अनुसन्धान र बिकाश विभागको सवैभन्दा धेरै ध्यान बिश्वसनीय सफ्टवेयर निर्माणमा केन्द्रीत छ ।

फास्ट चार्जिङ फिचर ओप्पोको अर्को नयाँ बिशेषता हो जसले यही श्रेणीका अन्य प्रतिस्पर्धीलाई पाखा लगाइदिएको छ । पाँच मिनेटमा दुई घण्टा कुरा गर्न मिल्नेगरी ओप्पोका मोबाइल चार्ज हुन्छन् । अन्य प्रतिस्पर्धीको भन्दा आर्कषक फिचर भएका फोन सस्तो मूल्यमा दिनु ओप्पोको थप बिशेषता हो ।
Oppo mobile (6)
आर्कषक डिजाइनमा ग्राहकले खोजेका सेवाहरु दिएर फोन उत्पादन गरेमा अझै ठूलो अबसर स्मार्टफोन बजारमा रहेको ओप्पोको बिश्वास छ ।

ओप्पाको सफलता मुख्यतया तीन कुराले निर्भर गरेको छ । पहिलो, साना शहर र गाउँसम्म विक्री नेटवर्क, फोन प्रर्बद्धनका लागि नाम चलेका सेलिब्रेटीहरुको प्रयोग र उच्च कोटीको बिशेष मार्केटिङ अभियान ।

अब ओप्पो ध्यान ठूला शहरमा रहेका एप्पल र सामसुङका बफादार ग्राहकहरुलाई आफुतिर आकषिर्त गर्नु रहेको छ । अघिल्लो महिना मात्र सार्वजनिक भएको ओप्पो एफवान एस मोडल मार्फत् उसले त्यही उच्च कोटीको बजार र त्यसका बफादार ग्राहकलाई आर्कषिर्त गर्न कोसिस गरेको छ ।

दक्षिण एशियाली बजारमा यसअघि नै आफुलाई सावित गरिसकेको ओप्पोले गत सातामात्रै नेपालमा आफ्नो बिक्रि सुरु गरेको छ । एफ वान एससहित तीनवटा मोडल लिएर नेपाली बजारमा प्रवेश गरेको ओप्पो नेपाली बजारमा चुनौतीरहित भने छैन् ।

नेपालमा सवैभन्दा ठूलो बजार हिस्सा ओटेको सामसुङ र ओप्पोको घरेलु प्रतिस्पर्धी हुवावेसँग ओप्पोका सिधा प्रतिस्पर्धा हुनेछ । सम्भवत उसले यी दुवै ब्राण्डको बजार हिस्सामा आक्रमण गर्नेछ अन्य दक्षिण पूर्वी एशियाली बजारमा जस्तै ।
Oppo mobile (13)
आक्रामक मार्केटिङ रणनीतिसहित आएको ओप्पोले मूल्यका कारण सामसुङ र हुवावेलाई चुनौती दिने छ । प्रतिस्पर्धी दुई ब्राण्डले १० हजार रुपैयाँभन्दा कम मूल्यमा पनि स्मार्टफोन बेचिरहेका बेला ओप्पो भने मध्यमस्तरीय मूल्यको बजारमा आफुलाई केन्द्रीत गरेको छ । ओप्पोको नियो ७ को मूल्य १५ हजार र ए ३७ को मूल्य २१ हजार पाँच सय रुपैयाँ रहेको छ ।

नेपाली बजारमा आफ्नो उपस्थीति बलियो बनाउन ओप्पोले देशभर ५ सयवटा खुद्रा बिक्रि केन्द्र र ८ वटा स्मार्टफोन हेर्न र किन्न पाइने ‘एक्सपिरियन्स स्टोर’ स्थापना गरिसकेको छ । ओप्पोका स्मार्टफोन किनेपछि तपाइँलाई चित्त बुझेन भने पनि एक महिनाभित्र साटन पाइने सुविधा दिइएको ओप्पोका ब्राण्ड म्यानेजर माइकल लीले जानकारी दिए ।

Oppo mobile (5)
भारतीय ब्राण्डहरु नेपाली बजारमा ओरालो लागिरहेका बेला आएको ओप्पोले आगामी दिनमा चिनियाँ ब्राण्डहरुबाटै कडा चुनौती झेल्नुपर्नेछ । त्यसअघि नै आफ्नो बजार हिस्सा सुरक्षित गर्ने र नेपाली उपभोक्तामाझ स्थापित हुने लक्ष्यमा छ ओप्पो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment