Comments Add Comment

एसी डिलक्स बसले सामान्यभन्दा ४० प्रतिशत बढी भाडा लिन पाउने

२ असोज, काठमाडौं । सरकारले एसी र सुपर डिलक्स बसको भाडा थप २० प्रतिशत बढाएको छ । आज यातायात व्यवस्था विभागमा भएको बैठकमा सरकारले यातायात व्यावसायीलाई वातानुकुलित यन्त्र (एयर कन्डिसनर) जोडिएका गाडीमा सामान्य सार्वजनिक सवारीभन्दा ४० प्रतिशत बढी भाडा लिनसक्ने गरी सहमति गरेको हो ।

Khaptad-AC-Busअहिले पनि सुपर डिलक्स बसहरुले सामान्य सार्बजनिक सवारीभन्दा २० प्रतिशत बढी भाडा लिइरहेका छन् । सरकारले त्यसमा थप २० प्रतिशत थपेर ४० प्रतिशत बढी भाडा लिनसक्ने सहमति दिएपछि दशैंमा सुपर डिलक्स बसको यात्रा महंगो पर्ने भएको छ ।

‘सुपर डिलक्स बसमा लाग्ने लागत र यात्रुहरुले पाउने सुविधाअनुसार अहिलेको भाडादर न्युन भएकाले हामीले यसको वृद्धि गर्न भनेका थियौं,’ नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘अब भने महंगोमा बस किनेर यात्रुलाई सुविधायुक्त तवरले यात्रा गराउने व्यावसायीले राहत पाउने भएका छन् ।’

व्यावसायीले दशैंको अग्रिम टिकट बुकिङ खुलाउन सुपर डिलक्स र एसी बसको भाडा बढाउन सहमति दिएको हो । यसअनुसार अहिले सामान्य बसमा काठमाडौंबाट झापाको काँकडभिट्टा पुग्न १ हजार ६५ रुपैयाँ भाडा लाग्छ भने सुपर डिलक्स गाडीले झण्डै १५ सय रुपैयाँ लिन पाउने छन् ।

वाइफाइ र एसी नै नजोडी नाम मात्रका सुपर डिलक्स राखेर बस चलाउनेलाई भने सरकारको यो निर्णयले मालामाल हुने देखिएको छ । यात्रु भने भाडा बढ्दा थप मारमा पर्नेछन् ।

सरकारले असोज ७ गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment